मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |
मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |


सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

Ujyalosandeshonline 12441+ समाचार ( )
७ माघ २०८१, सोमबार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल, नेपालमा विपद् व्यवस्थापन प्रयोजनका लागि तालिम प्राप्त  ५३ औं  टोली तयार भएको छ । सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीमा विपद् व्यवस्थापन सम्बन्धी तालिमको समापन गरियो ।

बरमझियामा अवस्थित शिक्षालयको प्राङ्गणमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीको प्रमुख आतिथ्यमा सि.सं. ५३ विपद् व्यवस्थापन तालिमको समापन गरिएको छ । समापन कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा कन्चनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ता र हनुमाननगर नगरपालिकाका प्रमुख विरेन्द्र माझीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रशिक्षार्थीहरुले भूकम्प र आगलागीको समयमा गरिने उद्धारको साथसाथै खोँचमा फसेका व्यक्तिको उद्धार, ¥याप्लिङ क्लाइम्बिङ्ग, प्राथमिक उपचारलगायत तालिममा सिकेका विषयहरुसँग सम्बन्धित कृतिम अभ्यासहरुको प्रदर्शन गरेका थिए । समापन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालमा उपलब्ध विपद् व्यवस्थापनसँग सम्बन्धित उद्धार सामाग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो ।

११ हप्ता अवधिको उक्त तालिममा ४८ जना सशस्त्र प्रहरी कर्मचारीहरु सहभागी भएको र प्रशिक्षार्थीहरुलाई प्राथमिक उपचार, भत्किएका संरचानामा खोज तथा उद्धार, शव व्यवस्थापन, फायर फाइटिङ्, रोप रेस्क्यु, हवाई तथा सडक दुर्घटना, जलोत्पन्न प्रकोप उद्धार,  विपद् पछिको उद्धार, राहत र पुनस्र्थापना लगायतका विषयहरुमा प्रशिक्षण गराईएको शिक्षालयले जनाएको छ । 

समापन कार्यक्रममा तालिममा उत्कृष्ट हुने सशस्त्र प्रहरी नायव उपरीक्षक  सितल श्रेष्ठ पुरस्कृत भएका थिए भने सफल प्रशिक्षार्थीहरुलाई विपद् उद्धारकको परिचय झल्किने कुम चिन्ह प्रदान गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले प्रशिक्षार्थीहरुलाई बधाई दिदै सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै कार्य सम्पादन गर्दै आएको र प्रकोप र उद्धार भन्ने वित्तिकै सशस्त्र प्रहरी बल,नेपालको नाम जनमनमा बस्दै गएको बताए ।

धौवजीले तालिममा दिक्षित  प्रशिक्षार्थीहरुलाई विपद्को समयमा उत्कृष्ठ ढंगले  कार्य सम्पादन गर्न निर्देशन समेत दिए । कन्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले स्थानिय निकायहरुसँग विपद् सम्बन्धी जनचेतना जगाउने, उद्धार तथा पुनस्र्थापनाको कार्यमा सशस्त्र प्रहरी बलले उत्कृष्ठ ढंगले समन्वय गर्दै आएको बताए ।

हनुमाननगर नगरपालिका प्रमुख बिरेन्द्र माझीले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले गर्दै आएको कार्यहरुको प्रशंसा गरे । तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र बहादुर कार्कीले शिक्षालयमा पहिलो पटक संचालन भएको विपद् व्यवस्थापन तालिमबाट विपद् व्यवस्थापनमा खटिने विशिष्ट जनशक्ति तयार  गरिएको र भविष्यमा उनीहरुबाट उत्कृष्ट सेवा प्रवाह हुने बताए । कार्कीले विपद् व्यवस्थापन तालिमकै लागि शिक्षालय प्राङ्गणमा ३० फिट अग्लो ¥याप्लिङ् क्लाईम्बिङ्ग टावर निर्माण गरिएको जानकारी गराए ।

कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालय, सशस्त्र प्रहरी बल, नेपालका कार्यलयका प्रमुखहरु, स्थानीय निकायका प्रतिनिधिहरु, शिक्षालयमा कार्यरत सशस्त्र प्रहरी कर्मचारी, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरु लगायत विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार