मुख्य समाचार
अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल | सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका | महिला गोल्डकप फुटबल प्रतियोगिता |

पोखरामा असोज ३० गतेदेखि योग महोत्सव हुने

Ujyalosandeshonline 11169+ समाचार ( )
६ अशोज २०८१, आइतबार

पोखरा । पोखरामा आगामी असोज ३० गतेदेखि चार दिनसम्म योग महोत्सव हुने भएको छ । होटल संघ नेपालको आयोजनामा पर्यटन प्रवर्द्धनका लागि आध्यात्मिक पर्यटनमार्फत मुलुकलाई अघि बढाउने उद्देश्यले योग महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सव पोखरास्थित पूर्ण योगा रिट्रिट सेन्टरमा हुन हुँदैछ ।  महोत्सव नेपाल योगा महोत्सवसँगको सहकार्यमा हुने भएको हो । महोत्सवमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त योगा विज्ञहरुको जमघट हुने र उनीहरुबाट विभिन्न विधामा योगा कक्षाहरु पनि सञ्चालन गरिनेछन् । 

महोत्सवमा विश्वस्तरीय प्रस्तुतकर्ताहरुमा गुरु श्री अन्तरयोगी, चैतन्य केन्द्र प्रकाश थापा ग्रामी नोमिनेटेड मनोज, पिटिर स्टेरियोस र चर्य नृत्य नाच गुरु प्रज्वलरत्न वज्राचार्य जस्ता विशेषज्ञहरुबाट योग ध्यानको कार्यशालाहरु रहनेछन । 

महोत्सवबाट अन्तर्राष्ट्रिय जगतमा मुलुकको पर्यटनलाई अझ बढी टेवा पुग्ने हुँदा कार्यक्रमको आयोजना गर्न उत्साहित रहेको पनि होटल संघ नेपालका महासचिव साजन शाक्यले जानकारी गराए ।कार्यक्रम मा सहभागिताका लागि नेपालीलाई दिनको तीन हजार र विदेशीलाई रु ६,५०० बुझाई टिकट प्राप्त गर्न सकिने बताइएको छ । महोत्सव अवधिभरका लागि प्याकेजको पनि व्यवस्था गरिएको छ । महोत्सवको ट्राभल पार्टनर यती एयरलाइन्स रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार