मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

आफ्नै ससुराको चक्कु प्रहार गरी हत्या गर्ने ज्वाँई पक्राउ

Ujyalosandeshonline 12437+ समाचार ( )
२५ असार २०८२, बुधवार

जनकपुर । गत बुधबार जनकपुरधाममा ६५ वर्षिय बासुदेव प्रसाद साहलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनकै ज्वाँई ५५ वर्षीय बेचन महासेठ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलनमार्फत महासेठलाई सार्वजनिक गरेको हो । 

महासेठ मंगलबार (हिजो) धनुषाको जनकनन्दनी गाउँपलिका वडा नं. ४ स्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक रिसिवीका कारण महासेठले आफ्ना ससुराको भुँडी (पेट) लगायत शरिरका अन्य भागहरुमा ४÷५ पटक चक्कु प्रहार गरी फरार भएका थिए । घटनामा प्रयोग भएको चक्कुसमेत धनुषा प्रहरीले बरामद गरेको छ । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक साह जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहका काका नातामा पर्थे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार