मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सिद्धार्थनगरमा चैत २ देखि कक्षा आठको वार्षिक परिक्षा

Ujyalosandeshonline 12441+ समाचार ( )
२४ माघ २०८०, बुधवार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालय नगरपालिका स्तरीय कक्षा ८ (आभारभूत तह) को वार्षिक परिक्षाको समय तालिका सार्वजनिक गरेको छ । आगामी चैत २ गते देखि चैत ९ गते सम्म परिक्षा संचालन हुने गरी बुधवार कार्यालयले परिक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

नगरपालिकाको १२ सामुदायिक, २७ संस्थागत र एक धार्मिक गरी कुल ४० वटा विधालयमा परिक्षा संचालन हुने सिद्धार्थनगर नगरपलिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए । उनका अनुसार परिक्षामा कुल एक हजार ८ सय ९४ विधार्थी सहभागी हुनेछन् । जसमध्ये सामुदायिकबाट ६ सय ९१ र संस्थागतबाट एक हजार दुई सय तीन जना विधार्थी रहेका छन् ।

परिक्षा अवधीमा कुनै आकस्मिक विदा भएको अवस्थामा पूर्वसूचना विना कुनै पनि परिक्षा स्थगित नहुने सिद्धार्थनगर नगरपलिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत जनाह्वी पाण्डेले बताइन् ।

विधालयहरुमा विहान साढे १० बजे देखि परिक्षा संचालन हुने सिद्धार्थनगर नगरपलिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका नायब सुब्बा कृष्ण पोखरेलले बताए । ‘परिक्षाको समय तालिका सार्वजनिक गरेका छौँ’ उनले भने, ‘चैत २ गते देखि परिक्षा संचालनका लागि अन्य तयारीहरु पनि भइरहेको छ ।’

साधारण तर्फ चैत २ गते शुक्रवार अंग्रेजी, चैत ४ गते गणित, ५ गते नेपाली, ६ गते विज्ञान तथा प्रविधि, ७ गते समाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, ८ गते स्वास्थ्य तथा शारीरिक शिक्षा र ९ गते (स्थानीय विषय) हाम्रो सिद्धार्थनगर÷मातृ भाषा÷संस्कृत भाषा विषयको परिक्षा संचालन हुने नगरपालिकाको कार्यालयले जनाएको छ ।

हेर्नुस परिक्षाको समय तालिका :

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार