मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

रुपन्देहीको कञ्चनमा गौतमबुद्ध कपको दोस्रो संस्करण सुरु, उद्घाटन खेलमा न्यू सिर्जनशिलको २० गोलको जित

जगीलाल थापा 30+ समाचार ( )
१ भाद्र २०८२, आइतबार

कञ्चन । रुपन्देहीको कञ्चनमा लोकप्रिय नाइन ए साइड फुटबल प्रतियोगिता, गौतमबुद्ध कपको दोस्रो संस्करण शनिबारदेखि सुरु भएको छ । कञ्चन-५ स्थित पिपरीचापा खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्नुभयो ।

गौतमबुद्ध सामुदायिक विकास केन्द्रको आयोजनामा हरितालिका तीजको अवसरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यू सिर्जनशिल फुटबल क्लबले न्यू बुद्ध स्पोर्ट क्लबलाई २०-० को फराकिलो गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। न्यू सिर्जनशिलको जितमा २ गोल गरेका आसमान क्षेत्री 'म्यान अफ द म्याच' घोषित भए ।

उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष ढकालले खेलकुदले समाजमा अनुशासन र एकता ल्याउने बताउनुभयो भने जिल्ला फुटबल संघ, रुपन्देहीका अध्यक्ष लोक पुनले खेलकुद विकासमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिनुभयो ।

भदौ १० गतेसम्म चल्ने यस प्रतियोगितामा कुल १६ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद रु. १,११,१११ र उपविजेताले रु. ६६,६६६ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार