मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

वाक स्वतन्त्रता गालीगलौजको छुट होइन, सामाजिक सञ्जाल नियमन आवश्यक : रामकुमारी झाँक्री

Ujyalosandeshonline 11171+ समाचार ( )
२० भाद्र २०८२, शुक्रबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल तथा भर्चुअल प्लेटफर्महरूको नियमन आवश्यक रहेको बताएकी छन् । शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा लेख्दै झाँक्रीले वाक स्वतन्त्रताको नाममा गालीगलौज र चरित्र हत्या गर्न छुट नहुने स्पष्ट पारेकी हुन् । उनले सामाजिक सञ्जाललाई नियमित र नियमन गर्नु भनेको वाक स्वतन्त्रतामा बन्देज लगाउनु नभएको बताउँदै, अधिकारसँगै कर्तव्य पनि महत्वपूर्ण हुने बताएकी छन् ।

उनले लेखेकी छन्, ‘सोसल मिडिया र भर्चुअल प्लाटफर्मलाई नियमित र नियमन गर्नु भनेको वाक स्वतन्त्रतालाई बन्देज गर्नु होइन । हामी नागरिकले आफ्नो अधिकार र दायित्वलाई सँगसँगै लिनु गर्नुपर्छ ।’

झाँक्रीले पशुपतिनाथको दर्शनलाई उदाहरण दिँदै नियमनको पक्षमा तर्क प्रस्तुत गरेकी छन् । उनले भनिन्, ‘मानौं, पशुपतिनाथको दर्शन गर्न पाउनु नागरिकको अधिकार हो । तर हजारौं मान्छेलाई दर्शन गर्न सहजताका लागि कानुनबमोजिम पशुपति विकास कोष र त्यहाँ क्रियाशील संस्थाहरूले बनाएको नियम मान्नु सबै दर्शनार्थीको कर्तव्य हुन्छ । बनाइएको लाइनमा बसेर तोकिएको गेटबाट मात्र दर्शन गर्नुपर्छ। त्यस्तै हो यो पनि ।’

उनले वाक स्वतन्त्रता भए पनि त्यसको नाममा गालीगलौज गर्न नपाइने भन्दै सामाजिक सञ्जाल नियमनको आवश्यकता औंल्याएकी छन् । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत बढ्दो घृणा, गलत सूचनाको प्रसार र व्यक्तिगत आक्षेपलगायत विषयले सार्वजनिक चासो बढाएको छ । यस्तो परिवेशमा झाँक्रीको टिप्पणीलाई धेरैले समर्थन तथा आलोचना दुबै दृष्टिकोणबाट हेरिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार