मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |
मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |


लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुरू, उपप्रधानमन्त्री श्रेष्ठद्वारा उदघाटन

Ujyalosandeshonline 11171+ समाचार ( )
२३ चैत्र २०८०, शुक्रबार
भैरहवा । बुद्धजन्मस्थल लुम्बिनीमा दुई दिने   ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ शुक्रबारदेखि शुरू  भएको छ ।  अन्तर्राष्ट्रिय ध्यान दिवसकाे अवसर पारेर त्तयाेजित महाेत्सवकाे उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गरेका हुन् । उदघाटनलाई सम्बाेधन गर्दै उपप्रधान तथा परराष्ट्र मन्त्री  श्रेष्ठले ध्यानको माध्यमबाट समाजिक रुपान्तरण गर्नुपर्ने बताए  ।   

ध्यानले आफुलाई चिन्न सिकाउने भएकाले आफुलाई चिन्ने व्यक्ति सधै समाजमा पछि पारिएका बर्ग समुदाय संगै सिंङ्गो मानव जातिको मुक्तिको पक्षमा उभिने उनले बताए । बुद्ध मार्ग शान्ति र ध्यान एक अर्काको परिपुरक भएको उल्लेख गर्दै लुम्बिनीलाई बुद्धमार्ग संगै ध्यानको पनि केन्द्रको रुपमा विकास गर्नु पर्ने बताए । ध्यान अध्यारोबाट उज्यालो , असत्यबाट सत्य, अन्यौलताबाट निस्चिततातर्फको यात्रमा डोर्याउने प्रमुख माध्यम भएको उनको भनाई थियो । मन्त्री श्रेष्ठले ध्यानका माध्यमबाट शारिरीक तथा मानसिक स्वाथ्यलाई थप मजबुत बनाउन सकिने भएकाले यसलाई अध्यात्मवादको नयाँ आयामका रुपमा लिन सकिने बताए । 

त्यस्तैगरी नेपालका लागि चिनियाँ राजदुत चेन सोङले नेपाल हिमाल र नदिहरुले जोडिएको उल्लेख गर्दै सगरमाथा नेपाल चिनबिचको मित्रताको साक्षी भएको बताए । बुद्ध जन्मस्थल नेपाल भएको र चिनमा बौद्धमार्गीहरुको अधिक संख्या रहेका कारण धार्मिक तथा साँस्कृतिक रुपमा पनि नेपाल र चिनबिच अन्योन्याश्रित सम्बन्ध रहेको बताए ।

 नेपाली राजकुमारी भृकुटीको र मुर्तिकार अरनिकोलाई नेपाल र चिन दुबै देशमा चर्चा गरिने गरेको स्मरण गर्दै राजदुत सोङले यसबाट परापुर्वकादेखि नै नेपाल र चिनबिच गहिरो मित्रता रहेको बुझ्न सकिने बताए । ध्यानले शान्ति र सद्भावको सन्देश दिने र चिन सधैँ आपसि सद्भावको पक्षमा रहेको उनको भनाई थियो । नेपालले अन्तराष्ट्रिय ध्यान दिवस मनाउने प्रस्ताव संयुक्त राष्ट्रसंघमा लगे चिनले त्यसको सर्मथन गर्ने उल्लेख गर्दै लुम्बिनीलाई ध्यानको राजधानी बनाउन आग्रह गरे । 

त्यस्तै गरी लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ध्यानको माध्यमबाट बुद्धजन्मस्थल लुम्बिनीको प्रचार प्रसार गर्न सकिने बताए । लुम्बिनी हुने यस्ता कार्यक्रमहरुले पर्यटकको संख्या बढाउन र अध्यात्मबादको विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए ।

महाेत्सव नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुताबास, लुम्बिनी विकास कोष,  र प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा  महाेत्सव आयाेजना गरिएकाे हाे  ।

 नेपाल ओभरसिज चाईनिज एशोसियसन (एनओसिए), लुम्बिनी स्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एशोसियसनसंगको सहआयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालय, युनान पर्वतारोहण तथा आउट डोर स्पोर्ट एशोसियसन, लुम्बिनी प्रदेश पर्यटन विकास परिषद र ग्रिनरोडले सहकार्य गरेका छन ।  लुम्बिनीलाई विश्व शान्ति र धार्मिक साँस्कृतिक पर्यटन गन्तव्यका रुपमा प्रवद्र्धन र नेपाल चिनविचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्ने उदेश्यले महोत्सव गरिएकाे हाे । 
 
शनिबार विहान लुम्बिनी अन्तराष्ट्रिय शान्ति म्याराथन गरिने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एव पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए ।  प्रतियोगितामा पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरिको हाफ म्याराथन दौड हुनेछ । पाच किलोमिटरको रोड रेस र विद्यालयका छात्रछात्राको लागि ३ किलोमिटर वाकाथन पनि हुनेछ । प्रतियोगिताको विद्यागत रुपमा २० लाख रुपैयाँ खर्च हुने अनुमान छ । 
शनिबार साँझ लुम्बिनी स्क्वायरमा  लुम्बिनी शान्ति कन्सर्ट हुनेछ । विश्व प्रशिद्घ गायिका आनी छोयङ डोल्मा, प्रख्यात चिनियाँ गायक उलान तुया, गुकिन कलाकार लु निङ लगायतका कालाकारहरुको प्रस्तुती रहने छ । 
(((((((((((((((((

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार