मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौती

Ujyalosandeshonline 11566+ समाचार ( )
१२ पौष २०८०, बिहीबार

काठमाडौं । मन्त्रालयपिच्छे विवादमा परेका र अनुकूल काम नगरेका कर्मचारीलाई लगेर थुपार्ने  थलो बनाइएको प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कटौती हुने भएको छ । 

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरी हालको दरबन्दी ६८ वटा घटाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन । 

उनले भनिन्,‘प्रधामानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयको प्रस्तावमा यो निर्णय भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गर्ने, यसअनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी ६८ वटा कम गर्ने निर्णय भएको छ ।’

साथै बैठकले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ६ सय ५० रुपैयाँ निर्धारण गर्ने पनि निर्णय गरेको उनले जानकारी दिइन् । बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई तोक्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार