मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल

Ujyalosandeshonline 12552+ समाचार ( )
२ कार्तिक २०८३, आइतबार

रूपन्देही । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशको समग्र विकासका लागि नीति तथा कानुनमा परिवर्तन ल्याउन लागिएको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोहिणी गाउँपालिका समितिले आज धकधईमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले ऐन र कानुन समृद्ध बनेपछि मात्र देश समृद्ध बन्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले आगामी केही महिनाभित्रै सहरी विकास ऐन संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । आफ्नो निर्वाचन क्षेत्रको विकासप्रति प्रतिबद्धता व्यक्त गर्दै मन्त्री लम्सालले रोहिणी, ओमसतिया र देवदह क्षेत्रमा बजेट तथा योजनाका माध्यमबाट ठूलो परिवर्तन ल्याउने ग्यारेन्टी गर्नुभयो । रोहिणी करिडोर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको र अर्को वर्षदेखि कार्यान्वयनमा जाने जानकारी दिँदै उहाँले सो आयोजनाबाट तीनवटा जलाशय निर्माण गरी ३ हजार ५ सय हेक्टर जमिनमा बाह्रैमासै सिँचाइ सुविधा पु¥याइने बताउनुभयो ।   

पछिल्लो समय बोरिङ गरेर सिँचाइ गर्दा भूमिगत जलसतह घट्ने र पिउने पानीको सङ्कट निम्तने खतरातर्फ ध्यान ध्यानाकर्षण गराउँदै मन्त्री लम्सालले अब देशभर पोखरी तथा खोलाबाट सिँचाइ गर्ने योजना अघि बढाइएको स्पष्ट पार्नुभयो । यसैगरी, शिक्षा, स्वास्थ्य, आवास, खाना र सञ्चारजस्ता आधारभूत आवश्यकतामा सरकारको उपस्थिति बलियो बनाइने र ९० प्रतिशत निजी विद्यालय बन्द गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ थियो । 

निजी क्षेत्रलाई पनि विकास निर्माणमा जोड्ने गरी जनमुखी कानुन निर्माण भइरहेको उल्लेख गर्दै उहाँले विकासको परिणाम देखिन केही समय लाग्ने भएकाले धैर्य गर्न आग्रह गर्नुभयो। कार्यक्रममा मन्त्री लम्सालले उपस्थित नागरिक तथा कार्यकर्ताहरूलाई विजयादशमीको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार