मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

ओमसतियामा मौलिकता झल्काउँदै तीज कार्यक्रम,भड्किलोपनाको सट्टा सुखदुःख साटासाट

Ujyalosandeshonline 11564+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले हरितालिका तीजको अवसरमा भड्किलोपनालाई त्याग्दै मौलिक संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले एक विशेष कार्यक्रम आयोजना गरेको छ । शुक्रबार गाउँपालिकाको कार्यालय, हाटी फर्साटिकरमा दिदीबहिनी भेटघाट तथा शुभकामना आदान प्रदान नाम दिइएको कार्यक्रममा शिक्षा, स्वास्थ्य र विकासका सन्देशहरू समेत प्रवाह गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले महँगा होटलमा गएर तीज मनाउनुको सट्टा जनताको आँगनमै सुखदुःख साटेर पर्व मनाउनुको छुट्टै महत्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, हामी जनताको जनप्रतिनिधी हौं, त्यसैले जनतालाई छोडेर महँगा होटलमा गएर भड्किलो तीज मनाएनौं । यहीँ जनताको बीचमा दुःखसुख बाँडेर रमाइलो गरौंला भनेर कार्यक्रम आयोजना गरेका हौं । उहाँले सबै दिदीबहिनीको सहज पहुँच र मौलिकता, शिक्षा, स्वास्थ्य तथा विकास झल्किने गीतहरू प्रस्तुत गर्न पालिकामा कार्यक्रम राखिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोखरेलले वडाहरूमा छुट्टाछुट्टै कार्यक्रम गर्नुभन्दा पालिकामा संयुक्त रूपमा आयोजना गर्दा आपसी चिनजान, सद्भाव र एकता बढ्ने विचार व्यक्त गर्नुभयो । पहिले वर्षभरिका दुःख बिसाउने पर्वको रूपमा रहेको तीज समयसँगै सबै नेपाली महिलाको साझा पर्व बन्दै गएकोमा वक्ताहरूले जोड दिएका थिए ।

कार्यक्रमको एक विशेष आकर्षणको रूपमा गाउँपालिकाका कर्मचारीहरूले गीतको माध्यमबाट कार्यालयबाट प्रदान गरिने सेवाहरूका बारेमा जानकारी प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई मनोरञ्जनात्मक मात्र नभई सूचनामूलक पनि बनाएको थियो ।

कार्यक्रममा वडा अध्यक्षहरू प्रकाश सिंह चौधरी, बेलबहादुर बराल मगर लगायत पालिका सदस्य तथा वडा सदस्यहरूले पनि शुभकामना मन्तव्य दिनुभएको थियो । महिला तथा बालबालिका शाखा प्रमुख निर्मला पाण्डेले स्वागत मन्तव्य दिनुभएको सो कार्यक्रमको सञ्चालन राजस्व शाखा प्रमुख अमृत पाण्डेले गर्नुभएको थियो । पालिकाका विभिन्न समूहहरूको उत्साहजनक सहभागिताले कार्यक्रम थप जीवन्त बनेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार