मुख्य समाचार
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक |

४० वर्ष शिक्षण गरेका बाले प्रसाद गुप्ताको भब्य विदाई

Ujyalosandeshonline 12674+ समाचार ( )
८ मंगशिर २०८१, शनिबार

मर्चवार  । ४० वर्षदेखि शिक्षण पेशामा क्रियाशिल जनता माध्यमिक विद्यालय ओडवलियाका शिक्षक बाले प्रसाद गुप्तालाई एक कार्यक्रमकाबीच बिदाई गरिएको छ। आफ्नो शैक्षिक यात्रा पुरा गरेका शिक्षक गुप्ता अनिवार्य अवकास भएपछि विद्यालयले कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो।  

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम भवन चौधरीको अध्यक्षतामा सम्पन्न उक्त विदाई कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी, जनप्रतिनिधी उनलाई टिका माला, मायाको चिनो हस्तान्तरण गरी बिदाई गरेका हुन् । अनिवार्य अवकास भएका शिक्षक गुप्ताको शिक्षा क्षेत्रमा राम्रो योगदानले ‘हिरोज अफ मर्चवार २०८०’ अवर्डबाट समेत सम्मानित भएका थिए । 

वि.सं. २०३९ सालमा अस्थायी शिक्षक रुपमा अध्यापन सुरु गरेका शिक्षक गुप्ताले वि.सं. २०४४ साल असार ८ गते देखि उक्त विद्यालयमा प्राथमिक तहमा तृतीय श्रेणीमा स्थायी शिक्षकको रुपमा अध्यापन गर्दै आएका थिए । यसैगरी २०६८ मंसिर १३ गते प्राथमिक तहको द्वितीय श्रेणमा बढुवा भई २०८१ मंसिर ४ गते उनी अनिवार्य अवकास भएका विद्यालयका प्रधानाध्यपक करुणेश प्रसाद त्रिपाठीले जानकारी दिएका छन् ।

बिदाई कार्यक्रममा प्रमुख अतिथी विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष जानकी प्रसाद चौधरीले बिदाई गरिएका शिक्षक गुप्ताले उक्त विद्यालयका उत्कृष्ट शिक्षकको रुपमा चिनिएका बताए । शिक्षक गुप्ताले शिक्षा क्षेत्रमा गरेको योगदान तथा विद्यालय तर्फको लगनशीलताको प्रशंसा गर्दै आगामी दिनको सफल र स्वास्थ्य जीवनको शुभकामना ब्यक्त गरेका थिए । 

मर्चवारी गाउँपालिका वडा नंं ४ का वडाध्यक्ष ओम प्रकास चौधरी, शिक्षक सन्तराम गुप्ता, अभिभावक हरिराम कुर्मी, विश्वनाथ हरिजन लगायतले मनतब्य राखका उक्त बिदाई समारोहलाई शिक्षक रामसरन यादवले संचालन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार