मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

अन्तर्राष्ट्रिय युवा दिवसमा भूमिकास्थानका युवालाई भुसालको आह्वान: "स्थानीय विकासमा जुटौँ"

अनिल नेपाली 141+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

अर्घाखाँची । आज, अगस्ट १२, विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष, “Local Youth Actions for the SDGs and Beyond” (दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू) भन्ने संयुक्त राष्ट्रसंघको मूल नाराका साथ यो दिवस मनाइँदैछ । नेपालमा भने “दिगो विकास र सुनौलो भविष्यको सार: स्थानीय युवाको सहभागिता समृद्धिको आधार” भन्ने राष्ट्रिय नारा तय गरिएको छ ।

यसै अवसरमा नगरस्तरीय युवा सञ्जाल, भूमिकास्थान नगरपालिका, अर्घाखाँचीका संयोजक टेकराज भुसालले सम्पूर्ण युवाहरूमा शुभकामना व्यक्त गर्दै स्थानीय विकासमा युवाको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले युवाको सिर्जनशीलता, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वले स्थानीय स्तरमा सकारात्मक परिवर्तन ल्याउन सक्नेमा जोड दिनुभयो ।

संयोजक भुसालले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ, “युवाले देखाएको नेतृत्व, संकल्प र सामाजिक उत्तरदायित्वले दिगो विकासको सपना साकार पार्न मद्दत पुर्‍याउँछ । युवाको शक्ति, सृजनशीलता, उद्यमशीलता, सकारात्मक उर्जा र साझा प्रयासको भावना विकास गर्न सकेमा समृद्ध भूमिकास्थानको परिकल्पना साकार पार्न सकिन्छ ।”

उहाँले अन्तर्राष्ट्रिय युवा दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा मात्रै सीमित नराखी, स्थानीय स्तरमा परिवर्तन ल्याउने अवसरका रूपमा लिन सम्पूर्ण युवाहरूलाई आग्रह गर्नुभएको छ । भुसालले सबै युवालाई आ-आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गरी दिवसलाई अर्थपूर्ण बनाउन समेत आह्वान गर्नुभयो ।

संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै विश्वभर युवाका सवालमा केन्द्रित भई विभिन्न कार्यक्रमहरू आयोजना हुँदै आएका छन् । नेपालमा पनि सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । यो दिवसले युवाका मुद्दाहरूलाई सम्बोधन गर्न र विकास प्रक्रियामा उनीहरूको सहभागितालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार