मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

रवि–बालेनको टिमबाट रुपन्देहीमा ५ मा तौफिक अहमद उम्मेदवार हुने सम्भावना

Ujyalosandeshonline 11171+ समाचार ( )
१४ पौष २०८२, सोमबार

लुम्बिनी । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिदैं गएसँगै चिसोयाममा निर्वाचनको माहौल तातेको छ । राजनीतिक वृतहरुमा तिव्र रुपमा छलफल भइरहेको छ । निर्वाचन गतिविध बढ्दै गएका छन् । अगामी निर्वाचन लक्षित विभिन्न राजनीतिक दलहरुबीच एकिकरण देखि लिएर चुनावी गठबन्धनसम्म हुने खबरहरु सार्वजनिक भइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बालेन्द्र शाह (बालेन)ं बीच सात बुँदेसहमती भएसँगै नेपालको राजनीतिमा तंरग पैदा भएको छ । यसैबीच रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवारको चर्चा सुरु भएको छ । दुवै जना साथमा चुनावमा होमिने सहमती भएसँगै रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा रवि बालेनको टिम (रास्वपा) बाट चुनावी मैदानमा युवा उम्मेदवार तौफिक अहमद खान उत्रिने सम्भावना बढी रहेको बुझिएको छ । खानको रुपन्देही ५ मा राम्रो पकड रहेको मानिन्छ । 

उनी एक रणनीतिक सल्लाहकार, वातावरणीय अभियन्ता र नीति विशेषज्ञ हुन् । खानको करियर १५ वर्षभन्दा बढी समयदेखि शासन, दिगो विकास र अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धसँग सम्बन्धित क्षेत्रमा फैलिएको छ। उनले वातावरणीय नवप्रवर्तन, नगरपालिका विकास र सीमापार सहयोगका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका छन् । 

रणनीतिक सल्लाहकारको रुपमा, खानले राष्ट्रिय नेताहरु, स्थानीय सरकार र युवा संस्थाहरुसँग फोहोर व्यवस्थापन, हरियो पूर्वाधार र कार्बन कटौती नीतिहरुमा मार्गदर्शन गर्दै आएका छन्। वातावरणीय नीति क्षेत्रमा उनको विशेषज्ञता समुदायमा आधारित कार्बन क्रेडिट कार्यक्रम, स्वच्छ ऊर्जा परियोजना र सुधारिएको भान्सा चुलो प्रविधिमा छ । सन् २०२३ मा यूएईमा सम्पन्न कोप २८ मा खानले नेपालको प्रतिनिधित्व गर्दै समान जलवायु कार्यको पक्षमा वकालत गरे र विकासशील समुदायका लागि समुदायमा आधारित कार्बन र स्वच्छ ऊर्जा समाधानहरु प्रस्तुत गरेका थिए।

नेपालभित्र खानले नगरपालिका शासन र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। ग्रीन युथ फाउन्डेसनमार्फत युवा नेताहरुलाई वातावरणीय अभियन्ता र नागरिक चेतनामूलक अभियानमा संलग्न गराउँदै उनी युवापुस्तालाई नेतृत्वका लागि तयार पारिरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार