मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

जमुनाहनाकाबाट भारतीय पर्यटकलाई भित्र्याउन आग्रह

Ujyalosandeshonline 12673+ समाचार ( )
११ अशोज २०८३, आइतबार

बाँके । पर्यटन प्रवर्द्धनका लागि बाँकेको जमुनाहनाकाबाट भारतीय पर्यटकलाई निर्वाध भित्र्याउन पर्यटन व्यवसायीले आग्रह गरेका छन् । नेपालगन्ज पर्यटन परिषद्को आज यहाँ आयोजित प्रथम अधिवेशन तथा साधरणसभामा सरोकार भएका व्यक्ति तथा सङ्घसंस्थाले जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र ब्रान्डिङ भए पर्यटन प्रवर्द्धनमा सफलता हासिल  हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रत्न खत्रीले सरकार र निजी क्षेत्रको समन्वयमा पर्यटन प्रवर्द्धन एवं बजारीकरण आवश्यक भएको बताउनुभयो । 

उहाँले लुम्बिनी प्रदेश सरकारले पर्यटन प्रवर्द्धन र बजारीकरणलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जदेखि गौतमबुद्ध जन्मस्थल लुम्बिनीसम्म प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य भएको उल्लेख गर्नुभयो । उहाँले कतिपय नीतिगत अस्पष्टताले पर्यटन प्रवर्द्धनमा अवरोध सृजना गरेको उल्लेख गर्दै भारतीय पर्यटकलाई सम्मान र प्रतिष्ठाका साथ नेपाल भित्र्याउनुपर्नेमा जोड दिनुभयो ।

 पर्यटन डिभिजन कार्यालय, कोहलपुरका प्रमुख सुमन पौडेलले पर्यटन क्षेत्रमा प्रदेश सरकारले बहुवर्षीय योजना लागू गर्न लागेको उल्लेख गर्नुभयो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी अमर वलीले नेपालगन्ज पर्यटकीय सहरका रुपमा विकास हुन थालेको बताउनुभयो । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले बाँकेको गाभर र अगैयालाई पर्यटकीय हबका रूपमा विकास गर्न आग्रह गर्नुभयो । 

होटल एसोसिएसन अफ नेपाल (हान) बाँके अध्यक्ष दिवाकर खनालले पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी ठूलो रहेको औँल्याउनुभयो । जिल्लामा बाँके राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, गाभर भ्याली, अगैया क्षेत्र, बोटानिकल पार्क, महेन्द्र पार्कलगायतका क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार