मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

रुपन्देहीमा जेनजी पुस्ताद्वारा राजनीतिक दलका कार्यालयमा तोडफोड; कांग्रेस नेता खाँणको घरमा समेत क्षति

Ujyalosandeshonline 12441+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

भैरहवा । रुपन्देहीमा जेनजी पुस्ताका प्रदर्शनकारीले राजनीतिक दलका कार्यालयहरूमा तोडफोड गरेका छन्। भैरहवास्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय र बुटवलस्थित नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयमा तोडफोड भएको छ ।

नेपाली कांग्रेसको पार्टी कार्यालयमा रहेका चारवटा कार र दुईवटा मोटरसाइकलमा पनि क्षति पुगेको छ। नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङका अनुसार पार्टी कार्यालयमा कार्यक्रमबारे छलफल भइरहेका बेला करिब १५० युवाले ढुंगा, इँटा र मुढा प्रहार गरी आक्रमण गरेका थिए। आक्रमणबाट पार्टी कार्यालयका झ्याल र पर्खालमा रहेका बत्तीहरू फुटेका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाँणले यस घटनालाई सुनियोजित भन्दै पार्टी कार्यालयलाई लक्षित गरी आक्रमण गरिएको बताएका छन्। उनले आक्रमणकारी युवाहरूले कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मणिग्रामस्थित घरमा पनि तोडफोड गरेको र त्यहाँका ४-५ वटा झ्याल फुटाएको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार