मुख्य समाचार
लुम्बिनीको दलित अधिकार ऐनः विपन्नलाई सहुलियतमा खाद्य सामग्र | मर्चवारलाई लुम्बिनी सर्किटसँग जोड्नेदेखि बॉर्डर विस्तारसम्म: संसद्‌मा सांसद बनियाले राखे विकासको खाका | बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने | अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन |

बजेट कार्यान्वयनका लागि कर्णाली सरकारले ल्यायो बार्षिक कार्ययोजना

Ujyalosandeshonline 11524+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

सुर्खेत । हरेक बर्ष बजेट कार्यान्वयनमा कमजोर देखिएको कर्णाली प्रदेश सरकारले चालू आर्थिक बर्षको बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाएको छ । सरकारले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि बनाएको ७१ बुँदे मार्गदर्शन अनुसार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतका एक करोड भन्दा माथिका आयोजना र अन्य मन्त्रालयका ५० लाख भन्दा माथिका आयोजनाको भदौ मसान्तभित्र ठेक्का गरिसक्नुपर्नेछ । 

योसंगै समपूरक र विशेष अनुदानका स्रोतबाट सञ्चालित हुने आयोजनाहरूको ठेक्का पत्रको सूचना साउन मसान्तभित्र आह्वान गरिसक्ने गरि असार २५ गते नै क्यालेन्डर बनाएर कार्यान्वयनका लागि सबै मन्त्रालयमा पठाइएको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताए ।

चालु आर्थिक वर्षका लागि स्वीकृत वार्षिक विकास कार्यक्रम अन्तर्गत प्रदेशबाट कार्यान्वयन गरिने आयोजना जिल्लास्थित कार्यालयबाट सम्बन्धित स्थानीय तहलाई आयोजनाको नाम र विनियोजित रकमसहितको विवरण पठाइएको सकिएको मुख्यमन्त्री कँडेलले बताए । सरकारले ठेक्का भई हाल कार्यान्वयनमा रहेका आयोजनाको कार्यभार साउनबाट नै गर्नेगरी सम्बन्धित निर्माण व्यवसायीलाई पत्राचार गरिसकेको उनको भनाई छ ।

विगत आर्थिक वर्षबाट निरन्तरता दिइएका कार्यक्रम कार्यान्वयनका लागि कार्यविधिमा परिमार्जन गर्नुपर्ने भए भदौ मसान्तभित्र ती कानुनहरूको मस्यौदा तर्जुमा गर्ने र अबण्डाका रूपमा रहेको रकम बाँडफाँटका लागि भदौ मसान्तभित्र आवश्यक व्यवस्था मिलाउने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

अर्को वर्षका लागि स्रोत सुनिश्चितता गर्नुपर्ने वा बहुवर्षीय योजना बनाउनुपर्ने भएमा त्यसको अभिलेख र स्टिमेटसहित साउन महिनाभित्र सम्बन्धित मन्त्रालय हुँदै प्रदेश योजना आयोगमा बुझाउनु पर्नेछ व्यवस्था गरिएको छ । वर्ष फेरिने बित्तिकै कार्यविधि फेर्ने विगतको परम्पराको अन्त्य गरि विनियोजन ऐन मै नयाँ कार्यविधि बनाउन नपर्ने व्यवस्था गरेकाले चालू आर्थिक वर्षको सुरु देखिनै कार्यक्रम र बजेट कार्यान्वयन गर्न हुने मुख्यमन्त्री कँडेलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार