मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

पाकिस्तानमाथि भारतको ६ रनको रोमाञ्चक जित, सुपर आठमा पुग्न पाकिस्तानलाई कठिन

Ujyalosandeshonline 12437+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६ रनले पराजित भएको छ । आइतबार राती न्युयोर्कमा भएको खेलमा भारतले पाकिस्तानमाथि ६ रनको रोमाञ्चक जित निकालेसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना न्यून भएको छ । 

पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्नका लागि अब अन्य खेलका नतिजामा भर पर्नुपर्ने भएको छ । यदी भारतले बाँकी सबै खेल जितेको खण्डमा अमेरिका र आयरल्याण्डको खेलले पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना जिवितै राख्ने छ। त्यसका लागि आयरल्याण्डसँग अमेरिका पराजित हुनुपर्ने छ । 

न्युयोर्कमा भएको टस जितेर पाकिस्तानले भारतलाई ब्याटिङको निम्तो दिएको थियो ।  एक ओभर बाँकी हुँदै अलआउट हुन पुगेको भारतले पाकिस्तानलाई १२० रनको सामान्य लक्ष्य दिएको थियो । 

सो लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ७ विकेटको क्षतिमा ११३ रनमै समेटियो ।  राम्रो सुरुआत गरेको पाकिस्तानले अन्तिम आठ ओभरको खेलमा राम्रो प्रर्दशन गर्न नसक्दा आफ्नो पक्षमा देखिएको खेल गुमाउन पुग्यो।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । यस्तै, इमाद वासिमले १५ रन, कप्तान बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाए । 

भारतका लागि जस्प्रित बुम्राहले सर्वाधिक ३ लिए । यस्तै, हार्दिक पान्ड्याले २ विकेट, अर्सदीप सिंह र अक्षर पटेलले समान  १ –१ विकेट लिए । 

त्यसअघि भारतले १९ ओभरमा सबै  विकेट गुमाउँदै ११९ रन जोडेको थियो। भारतका लागि रिशभ पन्तले ३१ बलमा ६ चौका सहित सर्वाधिक ४२ रनको पारि खेले । 

यस्तै, अक्षर पटेलले २०, कप्तान रोहित शर्माले १२ बलमा १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले समान ३–३ विकेट लिदा मोहम्मद आमिरले २ र शाहिन शाह अफ्रिदीले १ विकेट लिए । 

जितपछि भारतको २ खेलबाट ४ अंक जोडेको छ । सोही समुहमा रहेको अमेरिकाको पनि ४ अंक छ । क्यानडाको २ खेलमा २ अंक रहेको छ । २ खेल खेलेको पाकिस्तान र १ मात्र खेल खेलेको आयरल्याण्डले अंक जोड्न सकेका छैनन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार