मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकाले ल्यायो ८३ करोड ९४ लाखको बजेट

अनिल नेपाली 141+ समाचार ( )
१२ असार २०८२, बिहीबार

अर्घाखाँची । भूमिकास्थान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८३ करोड ९४ लाख ७४ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरसभाको १७ औं अधिवेशनमार्फत उपप्रमुख बालकृष्ण बञ्जाडेले सार्वजनिक गरेको बजेटमा चालुतर्फ ५४ करोड १६ लाख ८९ हजार, पुँजीगत २९ करोड ७७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

संघ सरकारबाट सर्शत अनुदान ३४ करोड ६८ लाख, समानीकरण ११ करोड १४ लाख, राजश्व बाँडफाँट १० करोड ७ लाख, संघको विशेष अनुदान ६८ लाख र समपूरक अनुदान १ करोड १२ लाख प्राप्त हुने अनुमान रहेको छ ।

लुम्बिनी प्रदेशबाट सर्शत १ करोड १५ लाख, समानीकरण ७६ लाख, राजश्व बाँडफाँट १ करोड ४० लाख, विशेष अनुदान १८ लाख र समपुरक ११ करोड २० लाख रुपैयाँ हुने एवं भूमिकास्थान नगरपालिकाको आन्तरिक आम्दानी ८२ लाख हुने प्रारम्भिक अनुमान रहेको बञ्जाडेले बताए ।

भूमिकास्थानले कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र समाजिक विकासलाई बजेटमा प्राथमिकता दिएको छ । नगरले बाँझो जग्गा लिएर दुई वर्षदेखि खती गर्दै आएको छ । ३ सय २९ रोपनी क्षेत्रफलमा प्याज, अकबारे खुर्सानी, मकैको बीउ उत्पादन र धान खेती गर्दै आएको छ । कर्मशील जनशक्ति परिचलान गरी नगर आफैं उत्पादनमा लागेको छ ।

यस आर्थिक वर्ष २ सय ५० जनाले रोजगारी पाएका छन् भने आगामी आर्थिक वर्षमा १ सय ५० जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य रहेको नगरपालिका सूचना अधिकारी हरिश्चन्द्र भुसालले बताए । अप्रत्यक्ष रुपमा ३ सय जनाले कर्मशील जनशक्ति परिचालनमा रोजगारी पाउने अनुमान रहेको छ । ५० रोपनी खेती गर्ने क्षेत्रफल अर्को वर्ष थपिने पनि भुसालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार