मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
७ वैशाख २०८३, सोमबार

तौलिहवा । कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा प्रहरीले एक युवकलाई अवैध हतियारसहित पक्राउ गरेको छ । बुद्धभूमी नगरपालिका वडा नं. ९ ईमिलिया बस्ने ३४ वर्षीय सुरज कुँवर भन्ने श्याम कुँवरलाई पेस्तोलसहित प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय गोरूसिंगेबाट खटिएको संयुक्त प्रहरी टोलीले कुँवरलाई आइतबार बुद्धभूमी-९, डुमराबाट पक्राउ गरेको हो । कुँवरले साथमा पेस्तोल र लागुऔषध बोकेर हिँडेको भन्ने सूचना पाएपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो ।

पक्राउ परेका कुँवरको घरमा प्रहरीले खानतलासी गर्दा उनको सुत्ने कोठामा रहेको स्टिल दराजभित्रको सेफमा लुकाइराखेको अवस्थामा हतियार फेला परेको थियो । बरामद गरिएको हतियार ७ इन्च लामो फलामको पेस्तोल जस्तो देखिने वस्तु रहेको र त्यसमा 'Made in China' लेखिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहका अनुसार पक्राउ परेका कुँवरमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । उनले उक्त हतियार कहाँबाट र कुन प्रयोजनका लागि ल्याएका हुन् भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार