मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

कृषिसँगको सम्बन्ध टुट्दै गएको कारणले गाउँ बस्तीहरु रित्तिँदै गए: मन्त्री पौडेल

Ujyalosandeshonline 12457+ समाचार ( )
१६ भाद्र २०८२, सोमबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कृषिसँगको सम्बन्ध टुट्दै गएको कारणले गाउँ बस्तीहरु रित्तिँदै गएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित जनता बृहद् सांस्कृतिक साँझ २०८२ मा बोल्दै उनले कृषिसँगको सम्बन्ध टुटेपछि गाँउहरु रित्तिँदै गएको भन्दै पहाडबाट पलायन भएको जनशक्तिलाई फर्काउने अवस्था निर्माण गर्नुपर्ने बताए । 

उनले भने, ‘पहाडबाट पलायन भएको जनशक्ति अथवा नागरिकलाई उतैतिर फर्काउने अवस्था कसरी निर्माण गर्न सकिन्छ । मेरो विचारमा कृषिसँगको सम्बन्धले हाम्रो गाँउ बस्तीहरु जनसांखिक हिसाबले सम्पन्न थिए । कृषिसँगको सम्बन्ध टुट्दै गएको कारणले हाम्रा गाँउ बस्तीहरु रित्तिदै गएको अवस्था सिर्जना भएको छ ।’

यस्तै, उनले आजको जलवायु परिवर्तन र पर्यावरणिय प्रदूषणका कारण मानिस गाँउ फर्किनुपर्ने अवस्था सिर्जना हुन लागेको भन्दै त्यसको लागि शिक्षा, स्वास्थ्य र यातायात जस्ता कुराको विकास गाँउमा पनि गर्नुपर्ने बताए । 

उनले भने, ‘हाम्रो समृद्धिको आधार पनि कृषि नै हो । त्यसैले आधुनिक कृषि प्रणाली पहाडमा कसरी विकास गर्ने, आजको यो जलवायु परिवर्तन अथवा पर्यावरणिय प्रदूषणले गर्दा हामी फेरि फर्किने गाँउ तिरै हो । सहरमा धेरै बसिन्छ जस्तो लाग्दैँन् तर हामी त्यता फर्किनको लागि शिक्षा, स्वास्थ्य र यातायात जस्ता कुरामा विकास गरेको हुनुपर्छ ।’ 

सोही क्रममा जनता पूर्व विद्यार्थी समाजको अध्यक्ष जलेश्वर पाण्डेले उक्त कार्यक्रमले थोरै भएपनि सांस्कृतिक तथा सांगितिक परम्परा, अभ्यास र प्रवृत्तिप्रति सबैलाई सजक बनाउँदै एकताबद्ध गर्न योगदान पु¥याउने आशा गरेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार