मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

१३ किलो लागू औषधसहित दुईजना पक्राउ

Ujyalosandeshonline 12450+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

बारा । बारा प्रहरीले १३ किलो लागू औषध अफिम जस्तो पदार्थ सहित दुई  जनालाई पक्राउ गरेको छ । हेटौडाबाट वीरगंजतर्फ जादै गरेको प्रदेश २ ०३–००१ प १६१४ नम्बरको स्कुटीबाट लागू औषध अफिम जस्तो पदार्थ सहित १ लाख ३३ हजार रूपैया प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यलय बाराका अनुसार स्कुटी चालक मकवानपुर मनहरी गाउपालिका वडा नम्बर ६ बस्ने बर्ष ५४ को सुर्य बहादुर मोक्तान र स्कुटी पछाडी सवार मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ८ बस्ने बर्ष ४५ का भीम बहादुर मोक्तानलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार विशेष सूचनाको आधारमा मगलबार बिहान प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको स्कुटी रोक्न खोज्दा नरोकी फरार भएको थियो ।

जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोकमा नरोकी फरार भएको स्कुटीलाई प्रहरी टोलीले पच्छयाउँदै जाने क्रममा वडा नम्बर २ सूर्य नेपाल अगाडी फेला पारेको उनले जानकारी दिए ।

स्कुटीको डिक्कीभित्र लुकाई छिपाइ राखिएको अवस्थामा लागू औषध अफिमजस्तो पदार्थ र नगद एकलाख ३३ हजार ६५५ रुपैयाँ वरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका व्यक्तिहरू नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार