मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘सुकुम्वासी नागरिकको दीर्घकालीन समाधान खोज्नुपर्छ’

Ujyalosandeshonline 12437+ समाचार ( )
तस्बिरः शुरबहादुर सिंह/रासस
२५ वैशाख २०८३, शुक्रबार

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले भूमिहीन सुकुम्वासी नागरिकको दीर्घकालीन र व्यावहारिक समाधान खोजिनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवस समारोहमा मुख्यमन्त्री कँडेलले सरकारी जग्गा संरक्षण र कानुन कार्यान्वयन क्रममा आमनागरिकलाई त्रसित बनाउन नहुने धारणा राख्नुभयो ।

लोकतान्त्रिक व्यवस्थामा जनताले शान्त र सुरक्षित महसुस गर्न पाउनुपर्ने उल्लेख गर्दै उहाँले सुकुम्वासी व्यवस्थापन गर्दा सोबारे ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो । करिब दुई तिहाइ बहुमत प्राप्त सरकारले सरकारी जग्गा संरक्षण अभियान अगाडि बढाइरहेका बेला मानवीय पक्षलाई प्राथमिकतामा राख्नुपर्ने मुख्यमन्त्री कँडेलले जोड दिनुभयो । रास्वपाले आफ्नो वाचापत्र कर्णालीबाट सार्वजनिक गरेको स्मरण गराउँदै उहाँले आगामी बजेटमा यसअघि प्रदेश सरकारले सङ्घीय सरकारसमक्ष राख्दै आएका आयोजनालाई प्राथमिकताका साथ समेट्न आग्रह गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार