मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीमा ट्रम्प अगाडि

Ujyalosandeshonline 12437+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फेरि प्रतिष्पर्धामा उत्रिने भएका छन् । उनी रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीको पहिलो दौडमा विजयी भएपछि सम्भावना बलियो बनेको हो । 

रिपब्लिकन पार्टीको पहिलो ककस सोमबार आयोवा राज्यमा आयोजना गरिएको थियो । ककसको नतिजामा ट्रम्प विजयी भएका हुन् । यो जितले जो बाइडेनले फेरि एकपटक डोनाल्ड ट्रम्पको चुनौती सामना गर्नुपर्ने अनुमानलाई थप बल पुगेको छ ।

आयोवामा १६०० भन्दा बढी ठाउँमा मतदान भएको थियो, जसमा ट्रम्प विजयी घोषित भएका हुन् । दक्षिण क्यारोलिनाका पूर्व गभर्नर निक्की हेली वा फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस दोस्रो स्थानमा रहने अपेक्षा गरिएको छ । आयोवापछि, न्यु ह्याम्पशायर, नेभाडा र साउथ क्यारोलिनामा पनि ककसहरू आयोजना हुनेछन् ।  

अमेरिकामा दुई प्रमुख दलहरू डेमोक्रेट र रिपब्लिकन हुन् । राष्ट्रपतिको निर्वाचनअघि देशका प्रत्येक प्रदेशमा पार्टी उम्मेदवार छनोट गर्न दुवै दलले अन्तरदलीय मतदान गर्छन्, जसलाई ककस भनिन्छ । सबै प्रदेशमा मतदान भएपछि दुवै दलको राष्ट्रिय अधिवेशनमा मतदानमा विजयी उम्मेदवारलाई पार्टीको राष्ट्रपतिको उम्मेदवार घोषणा गरिन्छ ।

रिपब्लिकन पार्टीको पहिलो ककस आयोवा राज्यमा भएको थियो । यस ककसमा, रिपब्लिकन पार्टीका १६ सय भन्दा बढी समर्थकहरुले गोप्य मतदान गरेका थिए ।

अब अन्य राज्यहरूमा विभिन्न मितिहरूमा यस्तै ककसहरू आयोजना गरिनेछ, त्यसपछि जुलाईमा रिपब्लिकन पार्टीको अधिवेशनमा राष्ट्रपति पदका उम्मेदवारको नाम आधिकारिक रूपमा घोषणा गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार