मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

लुम्बिनीमा मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

Ujyalosandeshonline 11540+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि त्यसको असर लुम्बिनीमा पनि परेको हो । प्रदेशसभाको बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने प्रस्ताव पेश हुने कार्यसूची रहेको छ । 

प्रदेशसभामा ८७ सदस्य छन् । राप्रपाबाट निर्वाचित कपिलवस्तुका सांसद जानकीप्रसाद यादव निलम्बित छन् । यसपछि सांसदको संख्या ८६ हुन्छ । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउने सम्भावना कम छ । 

प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी र जनमतका ३÷३ जना सांसद छन् । त्यस्तै, जनमोर्चा, नेकपा एस र स्वतन्त्र १÷१ जना सांसद छन् । मुख्यमन्त्री चौधरी विश्वासको मतका लागि कांग्रेसबाहेक १७ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार