मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

अहिलेको बजेटमा युवा जनशक्तिलाई देशमा रोक्ने योजना छैनन : दिपक बहादुर सिंह

Ujyalosandeshonline 11564+ समाचार ( )
२ असार २०८२, सोमबार

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले यस वर्षको बजेटमा युवा शक्तिहरुलाई देशमा रोक्ने र कलकारखानाहरु खोल्ने उद्देश्य नराखेको बताएका छन् । संसदीय प्रशिक्षण शाखाको आयोजना तथा पूर्वाधार विकास समिति, प्रतिनिधि सभा र नेपाल पूर्वाधार पत्रकार समाजको सहकार्यमा सोमबार भएको नेपालमा पूर्वाधार विकास र संसदीय निगरानी कार्यक्रममा बोल्दै उनले सांसदहरु आफ्नो क्षेत्रमा कसरी योजना धेरै पार्ने भन्नेमा मात्र केन्द्रित रहेको भन्दै फलदायी बजेट नआएको बताए । 

‘हाम्रो उद्देश्य के हुन्छ भने मेरो चुनाव क्षेत्रमा कसरी योजना धेरै पार्ने र साढे २ वर्षपछि फेरी कसरी आउने भन्ने बाहेक हामीमा केही छैन । बजेट आएको छ यसमा त्यो उद्देश्य छैन कसरी हामीले युवा शक्तिहरुलाई देशमा रोक्ने, नयाँ नयाँ कलकारखानाहरु खोल्ने भन्ने यो बजेटले कतैपनि देखाएको छैन । आज भएको उद्योग पनि बन्द हुने अवस्था छ ।’ उनले नदि तटबन्धमा प्रयोग गरिने जालीहरुमा १० प्रतिशत भन्सार बढाउनु न्यायोचित नभएको बताए । 

यसैगरी कार्यक्रममा बोल्दै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुर गैरेले संसदीय निगरानी अनुगमन, प्रस्तुतिहरु परम्परा धान्नका लागि मात्र गर्ने गरेको बताए । 

‘हाम्रा प्रस्तुतिहरु प्रस्तुतिका लागि प्रस्तुति, अनुगमन पनि अनुगमनका लागि अनुमगन, हाम्रो लोकतन्त्र चुनावदेखि चुनावसम्म भएको छ यो ठाउँबाट हामी अगाडि बढ्ने बेला भयो कि भएन । अनुमगन भईरहेकाको नतिजा के आयो भन्ने कोणबाट बहस गर्ने थाल्नुपर्छ,’उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार