पडसरीमा भलिबल प्रतियोगिता सुरु

Ujyalosandeshonline 11175+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका-२ स्थित पडसरीमा खुल्ला नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ । युथ क्लब अफ पडसरीले स्थापना दिवसको अवसरमा खेलकुदको प्रर्वद्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको हो।

कार्यक्रमको उद्घाटन गर्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले यसै किसिमको प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्ने बताउँदै पालिकाबाट आवश्यक साथ सहयोग रहने बताए ।

ओमसतिया गाउँपालिकाको उपाध्यक्ष सुनिता चौधरीले क्लबले धेरै राम्रो सामाजिक क्रियकलापहरु गर्दै आईरहेको भन्दै पालिकाले उच्च मूल्याङ्कन गरेको बताईन् । उनले प्रतियोगितामा विभिन्न स्थानबाट आएका खेलाडीहरुबीच सम्बन्ध स्थापित भई राम्रो हुने बताउँदै यस्तै प्रतियोगिताले पालिकामा विभिन्न विधाका लागि खेलाडीहरु उत्पादनमा सहयोग पुगेको जनाईन् । उनले गाउँपालिकाको कार्यालयले पनि महिला भलिबल प्रतियोगिता आयोजना गरेको जनाउँदै यस भलिबल प्रतियोगिताले पनप खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओमसतिया गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष सितल जिटीले क्लबले स्थापनाकाल देखि नै रचनात्मक कार्य गर्दै आईरहेकोले स्वास्थ्यका लागि खेलकुदको निकै आवश्यक रहेको उल्लेख गरे । 

ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले समृद्ध पालिका बनाउन र समाज रुपन्तारणमा क्लबले रचनात्मक कार्यहरु गर्दै अघि बढिरहेको बताए। उनले यस किसिमका कार्यक्रम हरुका लागि आवश्यक सहयोगका साथै पालिका सधै अघि रहने प्रतिवद्धता व्यक्त गरे ।

युथ क्लब अफ पडसरीका अध्यक्ष सुरज मिश्राले क्लबले स्थापनाकाल देखि नै भलिबल प्रतियोगिता लाई निरन्तरता दिदै आएको बताउँदै सामाजिक कार्यहरुका साथै खेलकुद क्षेत्रको प्रर्वद्धनमा लागिरहने बताए।

तीन खेलमा तीनै टिमको सोझो सेटले जित

प्रतियोगिताको पहिलो दिन बिहीवार भएको तीन वटा खेल तीनवटै टिमल साझो सेटले जित हासिल गरेका छन्। आयोजक (युथ क्लब अफ पडसरी) बी र ओमसतिया गाउँपालिकाको कार्यालयबीच भएको पहिलो खेलमा आयोजक बी टिमले सोझो सेटले जित हासिल गरेको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देही र अंचलपुर भलिबल क्लबबीच भएको दोस्रो खेलमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि सोझो सेटले विजयी भएको क्लबका उपाध्यक्ष डिबी घर्तीले बताए। 

यस्तै लाफा युथ क्लब बुटवल र एसवाई बिल्डर्स भलिबल क्लब, पाल्पाबीच भएको तेस्रो खेलमा लाफाले सोझो सेटले एसवाईलाई पराजित गर्दै खुशीयाली मनाएको छ। 

तीन दिनसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद ४५ हजार, मेडल, ट्रफि, द्धितृयले नगद ३० हजार, मेडल, ट्रफि र तृतियले नगद १५ हजार रुपैयाँ, मेडल, ट्रफि प्राप्त गर्ने क्लबका सहसचिव एवं प्रतियोगिता संयोजक जीवन श्रेष्ठले बताए । 

उनका अनुसार उत्कृष्ट खेलाडी, अनुशासन, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट लिबेरोलाई पनि मेडल र ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगितामा रुपन्देही,पाल्पा, स्यांगजा, बाग्लुंग लगायत स्थानका टिमहरुले सहभागिता जनाएको क्लबका कोषाध्यक्ष कपिल जिटीले बताए। 

क्लबको सचिव सुष्मा भुजेलको संचालन, उपाध्यक्ष प्रदिप थापा मरासिनीको स्वागत र क्लबका अध्यक्ष सुरज मिश्राको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्की, प्रहरी निरिक्षक महेन्द्र सेन, ओमसतिया गाउँपालिका वडा नं. २ का वडा सदस्य विक्रम यादव, राजुकमारी चौधरी, सुधा हरिजन, क्लबका सल्लाहकार केदारनाथ आचार्य, सचेतना आमा समूह पडसरीको अध्यक्ष सिता सुवेदी न्यौपाने लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै