मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

नाम मात्रै परिवर्तन भयो, व्यवस्था परिवर्तन भएन : ज्ञानेन्द्र शाही

Ujyalosandeshonline 11540+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले व्यवस्था परिवर्तनका नाममाजनतालाई झुक्काउने काम भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘नेपालको संविधान समाधान कि समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै नेता शाहीले गणतन्त्रको नाममा व्यक्ति, सिस्टम र आचरण परिवर्तन भएर नाममात्रै परिवर्तन भएको बताए।

उनले भने, ‘आचरण एउटै, काम एउटै, सिस्टम एउटै, व्यवस्था एउटै, नाममात्रै परिवर्तन गरेर हुन्छ । यहाँ पटक–पटक व्यवस्था परिवर्तन गर्यौं भन्छन् । के परिवर्तन गर्यौ ? पञ्चायत कालमा मन्त्री भएकाहरु गणतन्त्रमा पनि छन् । राजाको खुट्टामा दाम चढाएका शेरबहादुर देउवा र केपी ओली यो देशको प्रधानमन्त्री र दलको नेता भएर बसेका छन् । व्यक्ति परिवर्तन भयो ? भएन । सिस्टम परिवर्तन भयो ? भएन, नाममात्रै परिवर्तन भयो ।’

उनले नेपालको संविधानमा नागरिकहरुका लागि व्यवस्था गरिएको मौलिक हकको कार्यान्वयन नहुँदा शासकहरुलाई कारबाही गरिने कुराको सुनिश्चितता गर्न नसकेको बताए । उनले भने, ‘जनताले पञ्चायत व्यवस्था मानिरहेका छन् । सांसद्ले विकास गरोस् सोचिरहेका छन्, पुलिसले न्याय दिन्छ भनिरहेका छन् । जनताको माइन्ड अहिले पनि पञ्चायतकै छ ।’

उनले लुट्न पाएकाहरुले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई ठीक भनिरहेका भन्दै वर्तमान व्यवस्था ठीक भन्ने व्यक्ति दास वा राजनीतिक कमैयाबाहेक अर्को कोही हुन नसक्ने बताए । साथै, वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुलाई जनताले जिताएर नपठाएको उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार