मुख्य समाचार
पर्वतमा नदीजन्य पदार्थ उत्खनन्मा तीन महिना रोक | सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ | बाजुरामा साइबर अपराध, बाल विवाह र बाल यौन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | सांसद पौड्याल | घुस लिएको अभियोगमा मुद्दा दायर | जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु | ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास | एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो |

संघीय निजामती विधेयक यही अधिवेशनमा पारित हुन्छ : मन्त्री गुप्ता

Ujyalosandeshonline 11573+ समाचार ( )
६ असार २०८२, शुक्रबार

रौतहट । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित हुने बताएका छन । उनले विधेयक सदनमा टेबुल भइसकेकाले अबको आउने कार्यसूचीमा संघीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित हुने ठोकुवा गर्दै यहि महिना तथा  आधिवेशनको अन्त्यतिर देशमा संघीय निजामती विधेयक आउने बताए । 

रौतहटको गरुडा नगरपालिकाको नगर अधिवेशनमा उनले भिजिट भिषा प्रकरणका बारेमा बोल्दै अख्तियारले गम्भीर रुपमा छानविन गर्दै आएकाले छानविनको सुइँ कहाँ ÷कहाँ पुग्छ सबै कारवाहीको घेरामा पर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको नैतिकताको आधार देखाएर राजीनामा माग्नु जायज नभएको तर्क राखे ।

अहिलेका गृहमन्त्री स्वच्छ छविका भएको उनले  टिप्पणी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि पाँच वटा ठगीको मुद्दा लागेर जेलमा रहेको उल्लेख गर्दै उनले नैतिकताको पाठ सिकाउने अध्यक्ष रबि लामिछानेले राजीनामा नदिएको प्रसंग पनि जोडे । 

गरुडा नगरपालिकाको १३ औं नगरसभा तथा ९ औं वजेट अधिवेशनबाट आगामी आर्थिक वर्ष ०८२÷०८३ का लागि नीति तथा कार्यक्रममार्फत कुल ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कार्यक्रम मार्फत कृषि, स्वास्थ्य र शिक्षालाई बिशेष प्राथमिकता दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार