मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मर्चवारमा दुर्घटना: घाइतेकाे उपचारका लागि नेता प्रमाेदकुमार यादवद्वारा आर्थिक सहयाेग

Ujyalosandeshonline 12437+ समाचार ( )
१ चैत्र २०८०, बिहीबार

भैरहवा - नेपाली काँग्रेसका युवा नेता तथा रुपन्देही क्षेत्र नम्बर ४ का निवर्तमान सांसद प्रमाेदकुमार यादवले मर्चवारमा ट्याक्टर पल्टिँदा घाइते भएकाहरुकाे उपचारमा कुनै कमि हुन नदिन अस्पताल व्यवस्थापनलाई आग्रह गरेका छन् । साथै उनले घाइतेकाे उपचारका लागि सिद्धार्थनगर सिटी अस्पतालमा पुगेर ५० हजार रुपैया सहयाेग गरेका छन् ।

रूपन्देहीकाे काेटहीमाई-५, मा बिहीबार अपरान्ह भागवत पुजाको लागि जल भर्न गइरहेका सर्वसाधारण बाेकेकाे ट्याक्टर पल्टिँदा २३ जना घाइते भएका थिए । ट्याक्टर दुर्घटनाका घाइतेलाई भैरहवास्थित सिटी र भीम अस्पतालमा उपचार भइरहेकाे छ ।  घाइतेहरु भेट्न अस्पताल पुगेका यादवले उनीहरुकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिने विश्वास दिलाए । 

यादवले अस्पतालकाे खातामा तत्काल ५० हजार रुपैयाँ जम्मा गरेर विरामीकाे उपचारका लागि सहयाेग गरेका हुन् । `मैले अस्पताल व्यवस्थापन र उपचारमा संलग्न चिकित्सकलाई भेटेर आर्थिक अभावले उपचारमा कमी नगर्न भनेकाे छु, आवश्यक आर्थिक व्यवस्थापन हाम्राे जिम्मेवारी भयाे, घाइतेले राम्राे र प्रभावकारी उपचार पाउनुपर्छ भन्नेमा ध्यान पुर्याउन आग्रह गरेकाे छु´, उनले भने ।

काेटहीमाइ-७ बाट जल भर्नका लागि सर्वसाधारण बाेकेर गएकाे लु १ त ५५४७ नम्बरको ट्याक्टर  कोटहीमाई- ५ मा  पल्टिएको हाे । नेता यादवले घाइतेकाे शिघ्रस्वास्थ्यलाभकाे कामना गर्दै आवश्यक सबै सहयाेग गर्ने समेत प्रतिबद्धता जनाएका छन् । अस्पताल व्यवस्थापनले पनि नेता यादवसँग घाइतेकाे उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार