मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ

Ujyalosandeshonline 12437+ समाचार ( )
१३ वैशाख २०८३, आइतबार

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत एक प्रहरी कर्मचारी घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

लागूऔषध मुद्दामा सहजीकरण गरिदिने प्रलोभन देखाई थापाले सेवाग्राहीसँग रकम माग गरेको सूचना अख्तियारको पोखरास्थित कार्यालयमा पुगेको थियो। सोही उजुरीका आधारमा खटिएको विशेष टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। मुद्दा मिलाइदिने नाममा प्रहरी प्रशासनभित्रै हुने यस्ता आर्थिक चलखेलका घटनाले सुरक्षा निकायको छविमाथि प्रश्न उठाएको छ। नियन्त्रणमा लिइएका क्षेत्रीलाई अहिले अख्तियारको हिरासतमा राखेर भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार