मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसिपका नाममा ठगी, दुई जना पक्राउ

Ujyalosandeshonline 11564+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २३ स्थित बाम्दीमा संचालित ‘पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीप–२०२४’को नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्री समेत दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । 

गएको वर्ष चैत २३ र २४ गते बाम्दिमा संचालित उक्त च्याम्पियनसिपमा प्रथम भएको समूहलाई पुरस्कार बापतको एक लाख ५० हजार रुपैंयाँ नदिएको आरोपमा प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङ निवासी बस्ने वर्ष २९ को क्षेत्रीको साथमा उक्त च्याम्पियनशिपका संचालक तथा निर्देशकअछामको सिउडी गाउँपालिका वडा नं. १ स्थायी वतन भई हाल पोखरा ६ जरेबर बस्ने वर्ष ३१ को जगत डोलीलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ।

पोखराको लेकसाइडबाट पक्राउ परेका उनीहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले उक्त च्याम्पियनशिप्मा सहभागी हुन् समूह दर्ता शुल्क बापत१७ हजार रुपैंयाँ लिएको भए पनि च्याम्पियनलाई दिनुपर्ने एक लाख ५० हजार पुर्याइ नदिएको र पैसा दिनुको सट्टा लुकिछिपी हिडेपछि प्रहरीमा उजुरी परेको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार