मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

भारतबाट अवैध रूपमा ल्याउँदै गरेको साढे पाँच लाखको कपडा डण्डा गुल्मद्वारा बरामद

Ujyalosandeshonline 12441+ समाचार ( )
१ भाद्र २०८३, सोमबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित भन्सारगल्ली क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरिएको ठूलो परिमाणको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले सोमबार बिहान ७:२५ बजेको समयमा उक्त कपडा नियन्त्रणमा लिएको हो।

गोप्य सूचनाका आधारमा टोलीले भारतबाट भन्सार नतिरी नेपालतर्फ अवैध रूपमा भित्र्याइँदै गरेको पाँच लाख पचास हजार बराबरको लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको छ। सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा राजस्व चुहावट नियन्त्रणका लागि गस्ती र निगरानी तीव्र पारिएको सीमा सुरक्षा गुल्मले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार