मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

इलाका प्रहरी कार्यालय मझगावाँद्वारा कोटाहीमाईमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

जैसमोहम्मद खान 74+ समाचार ( )
२ मंगशिर २०८२, मङ्गलबार

मर्चवार । रुपन्देहीको मर्चवार स्थित कोटाहीमाई गाउँपालिकामा शान्ति सुरक्षा र जनगुनासो व्यवस्थापनका विषयमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय मझगावाँको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय सुरक्षा चुनौती र समाधानका उपायबारे प्रहरी, जनप्रतिनिधि र सर्वसाधारणबीच खुला छलफल भएको हो।

स्थानीय बासिन्दाले मर्चवार क्षेत्रमा शान्ति सुरक्षाको अवस्था खस्किँदै गएको भन्दै प्रहरीको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा सहभागीहरूले विशेष गरी सीमा क्षेत्रमा हुने तस्करी, बढ्दो धार्मिक द्वन्द्व र आत्महत्याका घटना न्यूनीकरण गर्न प्रहरीले कडा रणनीति लिनुपर्ने माग गरे। साथै, सादा पोसाकमा खटिने 'घुमुवा' प्रहरी टोलीका कारण सर्वसाधारणमा त्रास र आतंक बढेको भन्दै उनीहरूले प्रहरी प्रशासनसँग गुनासो पोखेका थिए।

जनगुनासोको जवाफ दिँदै कार्यक्रमका सभाध्यक्ष समेत रहेका इलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक (इन्स्पेक्टर) तपेन्द्र बिष्टले प्राप्त गुनासाहरूको तत्काल छानबिन गरी दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले क्षेत्रभित्र हुने चोरी, तस्करी, लागूऔषध ओसारपसार, मदिराको दुरुपयोग र घरेलु हिंसाजस्ता विकृति नियन्त्रणमा प्रहरीले निगरानी कडा पार्ने र नागरिकका समस्यालाई शीघ्र सम्बोधन गर्ने आश्वासन दिए।

कार्यक्रमका प्रमुख अतिथि कोटाहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले शान्ति सुरक्षा गाउँपालिकाको उच्च प्राथमिकतामा रहेको बताए। उनले अपराध नियन्त्रण र शान्ति स्थापनाका लागि प्रहरी प्रशासनसँगको समन्वयलाई थप मजबुत बनाइने उल्लेख गरे।

कार्यक्रममा बोल्दै सञ्चालक तथा प्रहरी सहायक निरीक्षक सुभाष थारुले समाजमा शान्ति स्थापना गर्न नागरिक र प्रहरीबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए । उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार मिश्र, उपाध्यक्ष सुशीला यादव, विभिन्न वडाका वडा अध्यक्षहरू लगायत स्थानीय सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो। यो नागरिक सुनुवाइले प्रहरी र जनताबीचको दूरी घटाई विश्वासको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार