मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

कांग्रेसलाई सरकारमा जाने हतारो छैन : डा.शेखर कोइराला

Ujyalosandeshonline 11564+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका छन् ।

नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाई समितिले सोमबार यहाँ आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा बोल्दै उनले जनताको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका हुन् ।  

उनले कांग्रेसले सहकारी पीडित जनताको समस्यालाई संसद र सडकबाट उठाएको बताए । डा.कोइरालाले कांग्रेसलाई कुनैपनि राजनीतिक दलले संसदीय व्यवस्थाको बारेमा सिकाउन नपर्ने बताए । ‘संसदीय व्यवस्थामा संसद प्रतिपक्षको भन्ने गरिन्छ । तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनीकन अगाडि बढ्न खोजेको छ,’उनले भने ।  

नेता डा.कोइरालाले छिटो भन्दा छिटो सहकारी ठगीमा समिति बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन् । उनले पछिल्लो समय चारैतिर अराजगताले देशलाई घेरिरहेको भन्दै यसलाई सही दिशामा अगाडि बढाउनुपर्ने बताए । उनले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कांग्रेसले सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पारे । सहकारीको पैसा हिनामिना हुँदा सरकार मुकदर्शक बनेर बसेको उनको भनाई छ । 

‘राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन मेरो अभियान हो, यसलाई अगाडि बढाउन म दृढताका साथ लाग्नेछु,’ डा.कोइरालाले भने । उनले नेपालमा आयुर्वेदिक शिक्षाको महत्व दिन प्रतिदिन बढ्दै गएको बताए । राज्यले आयुर्वेदिक विज्ञानलाई जसरी अगाडि बढाउनुपर्ने हो त्यो बढाउन नसकेको उनको भनाई छ । 

डा.कोइरालाले आयुर्वेदको अनुसन्धान गर्न के ले बाधा पुर्यायो त्यो बुझ्न जरुरी रहेको उल्लेख गरे ।  विद्यार्थीको समस्या देशको समस्या भएकाले यसको समाधानका लागि राज्य लाग्नुपर्ने उनको भनाई छ । ‘तपाइँहरुको भविष्यका लागि मैले राजनीतिक गरेको हुँ, युवाहरु विदेश पलायन हुँदा मलाई चिन्ता लागेको छ । युवालाई स्वदेशमा रोजगारी दिने वातावरणमा लाग्नुपर्छ,’ उनले भने ।  

उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प विश्वमा अरु व्यवस्था नभएको बताए ।  नेता डा.कोइरालाले संविधानमा भएको कमी कमजोरीलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार