मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मन्त्री महर्जनले गरे युनिक बक्सिङ क्लब भवनको शिलन्यास

Ujyalosandeshonline 12441+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

मकवानपुर  । मकवानपुरको हेटौंडा वडा नं. १४ मा युनिक बक्सिङ क्लब भवनको  शिलन्यास गरिएको छ । बागमती प्रदेशका युवा तथा खेलकूदमन्त्री मीनकृष्ण महर्जनले एक कार्यक्रमका बीच बक्सिङ भवनको  शिलान्यास गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री महर्जनले बागमती प्रदेशका १३  जिल्लामा रहेका पूर्वाधारहरु र सम्पतीका विषयमा आफूले अध्ययन गरिरहेको बताए । उनले भने,‘हामीले सबै जिल्लाका पूर्वाधारहरु सम्पतीको खोजी गरिरहेका छौं र ति कस्तो अवस्थामा छन् त्यस्को जानकारी समेत लिने काम शुरु गरेका छौं ।’

मन्त्री महर्जनले खेलाडीहरुका लागि छात्रावास र मार्सल आर्टकोे सुविधासम्पन्न भवन निर्माणको योजना आफूले बनाएको बताए । गौरीटार रंगशाला भित्र निर्माण भएका पूर्वाधारहरुको उचित उपयोग हुन नसकेकोप्रति मन्त्री गुरुङले इगित गर्दै भने, ‘यहाँका खेल पूर्वाधारहरु मनोमानी ढङ्गले चलेका छन् भन्ने मैले सुनेको छु, यो खेलाडी उत्पादन गर्ने ठाउँ हो न की धनी व्यक्तीहरुले भुँडि घटाउने ठाउँ ।’

विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकूद रहेपनि अहिले खेलकूद मन्त्रालय छुट्टै भएकाले खेल क्षेत्रलाई व्यवस्थित विकासका लागि काम गर्ने मन्त्री महर्जनले प्रतिवद्धता व्यक्त गरे । 

उनले खेलकुदसँगै यूवा स्वरोजगार कार्यक्रमलाई समेत व्यवस्थित रुपमा अघि बढाउने बताए । उनले जिल्ला जिल्लामा रहेका खेलकुदका भौतिक सम्पत्तिलाई खेलाडी र यूवाको उपयोगमा ल्याउने गरी योजना अघि सारिएको बताए ।

हेटौंडा उपमहानगरपालिकाको रु २५ लाख लागतमा युनिक बक्सिङ क्लबको भवन आगामी तीन महिना भित्रमा निर्माण गरि सकिने प्रदेश खेलकूद परिषद्का सदस्य सचिव दिपक लामाले बताए । उनले भने, ‘खेलकूद परिषद्को युनिक बक्सिङ क्लब भवनको आज शिलान्यास हुनु हाम्रा लागि खुसीको दिन हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार