मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

धनुषधाम बन्यो मधेस प्रदेशकै पहिलो विद्युत चुहावटमुक्त पालिका

Ujyalosandeshonline 12433+ समाचार ( )
२७ माघ २०८१, आइतबार

जनकपुर । धनुषाको धनुषाधाम नगरपालिका देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा भएको छ । धनुषाधाममा शनिबार आयोजित एक कार्यक्रमकाबीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धनुषाधाम नगरपालिकालाई मधेश प्रदेशको पहिलो चुहावटमुक्त नगरपालिका घोषणा गरेका हुन ।

कार्यक्रममा बोल्दै घिसिङले  विद्युत सेवाको गुणस्तर सुधार तथा चुहावट नियन्त्रणमा स्थानीय तह, सरोकारवाला र जनताको सहकार्य आवश्यक रहेको र त्यसलाई धनुषाधाले पूर्ण रुपमा निर्वाह गरेको बताए । उनले चुहावटमुक्त अभियानले विद्युत आपूर्तिमा सुधार ल्याउने र उपभोक्तालाई नियमित तथा गुणस्तरीय सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान दिने धारणा राखेका थिए ।

कार्यक्रममा धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले नगरवासीका लागि विद्युत जरिवानामा सहुलियतको माग गर्दै निर्देशक घिसिङसमक्ष किसानहरुका लागि थप विद्युत सुविधा उपलब्ध गराउन अनुरोध गरेका थिए । कार्यक्रममा नगरपालिकाका बिपन्न नागरिकलाई निःशुल्क मिटर समेत वितरण गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार