मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सवारी दुर्घटना रोक्न पाल्पामा विशेष अभियान, मेडिकल टिमसहित सडकमै उत्रियो प्रहरी

Ujyalosandeshonline 12441+ समाचार ( )
१० असार २०८३, बुधवार

पाल्पा । अन्तर्राष्ट्रिय लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पाल्पामा विशेष सवारी चेकिङ तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । तानसेन नगरपालिका वडा नं. ७ लामिडाँडास्थित सिद्धार्थ राजमार्गमा एक संयुक्त टोलीद्वारा सवारी चालकहरूको लागु पदार्थ सेवन तथा मादक पदार्थ सेवन परीक्षण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पंजियारका अनुसार सडक सुरक्षा र लागु औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो । उक्त चेकिङ तथा सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, यातायात व्यवस्था सेवा कार्यालय तथा विभिन्न यातायात समितिका पदाधिकारी एवं सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।

सवारी चालकहरूले लागुऔषध वा मादक पदार्थ सेवन गरे/नगरेको तत्काल प्राविधिक रूपमा जाँच गर्नका लागि लुम्बिनी मेडिकल कलेज, प्रभासको मेडिकल टिमले प्राविधिक तथा स्वास्थ्य सहयोग पुर्‍याएको थियो । जाँचका क्रममा चालकहरूलाई सुरक्षित, जिम्मेवारपूर्ण र लागुऔषध मुक्त भएर मात्र सवारी साधन सञ्चालन गर्न आग्रह गर्दै आवश्यक सचेतना समेत अभिवृद्धि गरिएको थियो । यस किसिमको संयुक्त निगरानी र चेकिङले सवारी दुर्घटना न्यूनीकरण गर्न र समाजमा लागुऔषधको बढ्दो दुरुपयोग रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास प्रहरी प्रशासनले लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार