मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

बैंकिङ् सिस्टममा अराजकत गतिविधिहरु भइरहेको छ : गभर्नर अधिकारी

Ujyalosandeshonline 11564+ समाचार ( )
७ माघ २०८१, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ् सिस्टममा आएको अराजकताको बारेमा सरोकारवालाहरुसँग छलफल गरिरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव समारोहमा उनले वर्तमान समयमा बैंकिङ् क्षेत्रमा आएको अराजकताले दिर्घकालमा देशको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरामा जानकार रहेको भन्दै यसको समाधान हुने विश्वास दिलाएका छन् । 

उनले भने, ‘बैंकको ऋण नतिर्न भनेर उस्काउने अराजक गतिविधिहरुको असर पनि धेरै ठाँउमा छ । यस्ता चुनौतीहरु भए पनि बैंकका साथिहरु खट्नु भएको छ । हामीले पनि निरन्तर रुपमा सम्बन्धित निकायहरुमा बैंकिङ् सिस्टममा यो अराजकताको असर कति ठूलो छ ।

दिर्घकालमा देशको अर्थतन्त्रलाई यसले कति असर पार्छ भन्ने कुरामा हामी जानकार छौं । र यस विषयमा सरोकारवालाहरुसँग छलफल भईरहेको छ । यस्ता विषयहरु सधैँ रहदैनन् । समाधान हुदैँ जान्छन् ।’यसको साथै, पछिल्लो समय मुद्रास्फीति, बैंकमा तरलता बढेको भन्दै बैंकहरु व्यवस्थित हुदैँ गएको बताए । 

उनले भने, ‘समग्र रुपमा अर्थतन्त्रका आधारभूत कुराहरु एकदमै राम्रो देखिन्छन् । हामी बाह्य ए क्षेत्रमा सबल छौ । मुद्रास्फीति पनि धेरै तदसम्म बढेको छ । पछिल्लो महिना बाढि पहिरोको कारण असर परेको हो जसका कारण खाद्य र पिय पदार्थ तिरको मुद्रास्फीति बढेको छ । तर पनि औसतमा अहिले सम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ त्यो मुद्रास्फीति भएको अवस्था छ ।

बैंकमा तरलता एकदमै राम्रो छ, बैंकहरु व्यवस्थित छन् । बैंकहरु नाफा र रिकभर हुदैँछ ।’ उनले पछिल्लो २ महिनामा पुँजीगत निर्माणसँग सम्बन्धित सामानहरु आयात हुन थालेको भन्दै सकारात्मक पक्ष र क्षमता धेरै हुदाँ निरुत्साहित नहुन पनि आग्रह गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार