मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

निजामती सेवा स्थायी सरकार हो, तर अहिले चेपुवामा छ : शंकरप्रसाद कोइराला

Ujyalosandeshonline 12441+ समाचार ( )
२१ भाद्र २०८२, शनिबार

काठमाडौं । पूर्वमन्त्री तथा पूर्वसचिव शंकरप्रसाद कोइरालाले निजामती सेवा राष्ट्रको स्थायी सरकार र कार्यान्वयनतन्त्र भएको बताएका छन् । निजामती सेवा दिवस २०८२ को अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कर्मचारी प्रणाली कुनै सत्ताको भाग होइन, कार्यान्वयनको आधार स्तम्भ भएको स्पष्ट पारे ।

‘निजामती सेवा भनेको राज्यको एउटा स्थायी सरकार र कार्यान्वयन तन्त्र हो,’ कोइरालाले भने, ‘जस्तोसुकै कठिन परिस्थिति आएपनि निजामती कर्मचारी देश र जनताको सेवामा निरन्तर खटिइरहेका छन् ।’

उनले मुलुकमा भइरहेका आरोह–अवरोहका बीचमा पनि निजामती सेवाले देशलाई जोगाउँदै ल्याएको उल्लेख गरे । तथापि, हाल निजामती सेवा राजनीतिक तह र आम नागरिक तह दुवैतर्फबाट ‘चेपमा परेको’ अवस्थामा रहेको कोइरालाको भनाइ थियो ।

‘मुख्य कुरा के हो भने, राजनीतिक तहबाट पनि र जनताको तहबाट पनि यो निजामती सेवा चेपमा परेको अवस्था छ,’ उनले भने, ‘हाम्रो सार्वजनिक छवि सुधार गर्न जरुरी छ ।’

संघीय निजामती सेवा ऐन अझै कार्यान्वयनमा आउन नसकेकोमा चिन्ता व्यक्त गर्दै उनले चाँडै ऐन लागू हुनेमा आफू आशावादी रहेको पनि बताए । उक्त कार्यक्रममा कर्मचारीको दायित्व झल्काउने विशेष प्रदर्शनीसहित विविध सांस्कृतिक प्रस्तुतीहरू पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार