आगलागीका कारण रोल्पामा एक वृद्धाको मृत्यु

Ujyalosandeshonline 12436+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

रोल्पा । रोल्पाको माडी गाउँपालिका–५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको छ । आगलागीमा परेर ७५ वर्षीया हरिकला घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

भावाङ कचरिकोटस्थित वृद्धाको घरमा मंगलबार अपरान्ह ४ः४५ बजे अचानक आगलागी भएको थियो । घरमा पशु चौपाया नभएको र आगलागी भएपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । 

तर वृद्धाको शरीर जलेकाकारण उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिए । प्रहरीका अनुसार घरमा हरिकलासँगै उनका माइला छोरा मात्रै बस्दै आएका थिए । तर आगलागीका बेला छोरा घरमा थिएनन् । आगलागीको कारण भने खुलेको छैन । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार