मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

नवलपरासी पश्चिम-२ मा भारी मतान्तरसहित रास्वपाका नरेन्द्र गुप्ता विजयी, राप्रपाका प्रधान चौथो

Ujyalosandeshonline 11566+ समाचार ( )
२४ फाल्गुन २०८२, आइतबार

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र कुमार गुप्ता फराकिलो मतान्तरसहित विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै गुप्ताले संसद् यात्रा तय गरेका हुन् । अन्तिम मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार गुप्ताले ४४ हजार १३८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भीम बहादुर थापा क्षेत्रीले १५ हजार ९४५ मत मात्रै ल्याए । गुप्ताले थापालाई २८ हजार १९३ मतको भारी अन्तरले पराजित गरेका हुन् ।

यस क्षेत्रमा अन्य दलका उम्मेदवार निकै पछाडि परेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार देवेन्द्र यादवले ७ हजार २१२ मत ल्याएर तेस्रो स्थान हासिल गर्दा अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का धुव्र बहादुर प्रधान भने यसपटक चौथो स्थानमा खुम्चिएका छन् । २०७९ सालको प्रतिनिधि सभा चुनाव जितेका प्रधानले यसपटक जम्मा ४ हजार ६९१ मत मात्र प्राप्त गरे ।

प्रतिनिधि सभा सदस्यमा फराकिलो जित निकालेका गुप्ताको राजनीतिक पृष्ठभूमि भने नेपाली कांग्रेससँग जोडिएको छ । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसकै तर्फबाट रामग्राम नगरपालिकाको नगरप्रमुख (मेयर) मा निर्वाचित भएका थिए । यद्यपि, २०७९ सालको स्थानीय चुनावमा सोही पदमा पराजित भएका गुप्ताले यसपटक दल बदलेर रास्वपाबाट उम्मेदवारी दिँदै सानदार जित दर्ता गराएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार