मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

त्रिकोणात्मक टी–२० सिरिज : फाइनल पुग्न आज नेदरल्याण्ड्सलाई हराउनै पर्ने दबाबमा नेपाल

Ujyalosandeshonline 11564+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरुहुने छ । 

नेदरल्याण्ड्स लगातार दुई खेलमा जित निकाल्दै फाइनल नजिक रहेको छ भने नेपालले एक खेलमा मात्रै जित निकालेको छ । नेपाल फाइनल पुग्नका लागि आजको खेलमा नेदरल्याण्ड्सलाई हराउनै पर्ने दबाबमा छ । आजको खेलमा नेपाल विजयी हुने र आइतबार नेदरल्याण्ड्सले नामिबियालाई हराउँने हो भने नेपाल फाइनलमा पुग्ने छ ।

नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग २० रनले पराजित हुँदा नेदरल्याण्ड्सँसग २ रनले पराजित भएको थियो । शुक्रबार भने नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित निकाल्दा फाइनल खेल्ने सम्भावना जिवितै रहेको छ । त्यसैले आजको खेलमा नामिबियालाई हराउनै पर्ने दबाब नेपाली टोलीमाथि छ । 

नामिबियाविरुद्ध नेपालका कुशल मल्ल, गुलसन झा, अनिल साहले ब्याटबाट उत्कृष्ट प्रदर्शन गर्दा बलिङतर्फ करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई ÷दुई विकेट लिएर खेल जिताए । करण महँगो सावित भए पनि उनैले अन्तिम डेथ ओभरमा नेपाललाई तीन रनको रोमाञ्चक जित दिलाएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार