मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

पुस १५ गते लुम्बिनीमा खाना महोत्सव

Ujyalosandeshonline 11564+ समाचार ( )
११ पौष २०८०, बुधवार

भैरहवा । अंग्रेजी नया बर्षको अवसर पारेर पुस १५ गते लुम्बिनीमा प्रदेश स्तरिय साँस्कृतिक महोत्सव एवम दशौ खाना महोत्सवको आयोजना हुदैछ । लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन विकास परिषद, लुम्बिनी बिकास कोष एवम लुम्बिनी साँस्कृतिक नगरपालिकाको संयुक्त आयोजनामा हुने महोत्सवलाइ यस पटक प्रदेश स्तरिय महोत्सवको रुपमा मनाइदै छ । महोत्सवमा स्थानिय खानपिनका परिकारहरुका साथै लुम्बिनीमा रहेका अन्तरर्राष्ट्रय विहारहरुको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, क्याम्बोडिया, म्यानमार, श्रीलंका आदि देशका परिकारहरु पनि सामेल  गराउने आयोजकले बताए ।

लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनी सांस्कृतिक महोत्सव तथा सडक खानपिन महोत्सवमा स्थानीय थारु समुदाय, मस्लिम समुदाय, पश्चिमी तराईका ब्राम्हण समुदाय, नेवारी समुदाय, गुरुङ मगर समुदायको खानाका परिकार राखिने बताए ।

महोत्सवमा नौमति, पञ्चेबाजा, बिरहा, थारु झुमरा लगायत स्थानिय संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिने उनले बताए  ।

महोत्सवकै अवसरमा  लुम्बिनी होटल संघ नेपालले पुस १६ गतेका निम्ति होटल कोठामा १५ प्रतिशत  छुटमा उपलब्ध गराएको छ । "महोत्सव हुने दिन विभिन्न परिकार छानी छानी र विभिन्न सुफथ मूल्यमा उपलब्ध हुने भएकाले पाहुनाहरु सडकमै रमाउन सक्ने वातावरण तयार पारिनेछ ।" ज्ञवालीले भने " यसले लुम्बिनी आउने आन्तरिक र बाह्य पर्यटकलाइ आकर्षित गर्न सकिन्छ भन्ने हाम्रो अपेक्षा हो ।" 

ज्ञवालीले सडकमै पाँच तारे होटल देखी स्थानीय परिकार सम्म र साथै विभिन्न जात जातिका राष्ट्रिय तथा अन्तराष्ट्रिय र प्रचलित खानाका परिकारहरुको व्यवस्था मिलाइएको उनले बताए । महोत्सवमा सहभागीहरुले यस क्षेत्रका विभिन्न उत्पादनहरु र खाद्य सामग्री कोसेलीका रुपमा लाने गरि  व्यवस्था मिलाइएको छ । यस बाहेक महोत्सवमा सीमित मात्रामा काला नमक र टिन्नी चामल, इम्रिति, पेडा, थाई मठाई, लुम्बिनीमा बनेको अर्गानिक धूप, हस्तकलाका सामाग्रीहरु र अन्य स्थानीय उत्पादनहरु बिक्रीका लागि राखिने ज्ञवालीले बताए । महोत्सवामा ६० वटा बढी स्टललाइ करिब ३० हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । 

महोत्सवबारे जानकारी दिने उद्देश्यले बुधबार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन खानले पर्यटक भित्र्याउने लक्ष्य सहित कार्यक्रम आयोजना गरिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार