मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चिनियाँ मन्त्रीलाई ध्यानआर्कषण

Ujyalosandeshonline 12431+ समाचार ( )
३० जेठ २०८१, बुधवार

भैरहवा । लुम्बिनी भ्रमणमा रहेका चिनका राष्ट्रिय धार्मिक साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङलाई सिद्धार्थ उद्योग बाणिज्य संघको एक प्रतिनिधि मण्डलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहलको गरिदिन आग्रह गरेको छ । 

संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको नेतृत्वमा रहेको टोलीले चिनिया मन्त्री चेन रुइफेंङलाई गौतमबुद्धको नगर लुम्बिनीमा चिनियाँ विमानको साथै यस क्षेत्रमा पर्यटन व्यवसायमा लगानीको लागि आग्रह गरेको छ । चिनिया कम्पनीले नै निर्माण सम्पन्न गरि नेपाल सरकारलाई नेपालकै दोश्रो अन्र्तराष्ट्रिय विमानस्थल हस्तान्तरण गरिसकेको अवश्थामा यसको सञ्चालनमा चीनले पनि तदारुकता देखाउनुपर्ने संघका अध्यक्ष श्रेष्ठले बताए । 

“नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनसँगै बुद्धको सन्देश विश्वव्यापी बनाउन सकिने भएकाले छिमेकी राष्ट्रको हिसाबले सहयोगका लागि पहल गर्न आग्रह गरेका हौं ।” श्रेष्ठले भने “हामी चीनसँग नेपालको पुरानो सम्बन्ध रहेकोले लुम्बिनीमा चिनिया तीर्थयात्रुहरुलाई स्वागत गर्न सधै आतुर रहेका छौ ।” 

लुम्बिनी स्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको माध्यमबाट नेपाल र चीनको पर्यटकिय गन्तब्य मात्र नभई औद्योगिक विकासमा समेत टेवा पुग्ने उनले बताए । 

टोलीलाई सम्बोधन गर्दै बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामि दिनमा गर्न सकिने सहकार्य, चिनिया विहार मार्फत लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने एवम नेपाल चीनको साँस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ लुम्बिनी भ्रमणमा आएको मन्त्री रुइफेंङले बताए । 

मन्त्री रुईफेंङले चिनबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने प्रतिबद्धता जनाए ।  उनले आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकरात्मक रहेको बताउँदै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चिन सरकार तयारीमा जुटिसकेकाले छिट्टै उडान हुने प्रतिबद्धता जनाए । 

मन्त्री रुइफेंङसँगै नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ग, चिनको  राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला ब्यूरो प्रमुख हुआंग झिहुई सहितको उपस्थिती रहेको थियो । 

मन्त्री रुईफेंङले लुम्बिनी स्थित चिनियाँ विहारको समेत भ्रमण गरे । विहारमा चाईनिज बुद्धिष्ट सोसाईटीका उपाध्यक्ष मास्टर यिन सुनले जानकारी सहित बिफ्रिङ गरेका थिए । मन्त्री रुइफेंङले चिनियाँ विहारको भ्रमणसँगै त्यहा निर्माण हुने विहारको शिलान्यास र पिपलको रुखको बृक्षारोपण गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार