मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मगरात सास्कृतिक संरक्षण क्षेत्र बनाउन सकिन्छ : सभामुख

Ujyalosandeshonline 12437+ समाचार ( )
९ चैत्र २०८०, शुक्रबार

काठमाडाै । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशका मगर समुदायको बहुल्य क्षेत्रलाई मगरात विशेष सास्कृतिक संरक्षण क्षेत्र बनाउन सकिने बताउनु भएको छ ।   

प्रदेश निर्माण गर्दा मगरात क्षेत्र बिभाजित भएको  बताउनु हुँदै उहाँले भाषिक सास्कृतिक दृष्टिकोणलाई मध्यनजर गरि मगरात विशेष  क्षेत्र  बनाउन सकिने बताउनु भयो । अन्तर्राष्ट्रिय मगर  महासंघले आज काठमाडौंमा आयोजना गरेको "मगर अन्तर्राष्ट्रिय सेमिनार-२०८० लाई सम्बोधन गर्नुहुदै लुम्बिनी प्रदेशका  सभामुख  घर्ती मगरले विशेष क्षेत्र निर्माणको लागी मगर समुदायका अगुवाहरुको चासो र चिन्ता आवश्यक रहेको बताउनु भयो । 

नेपाल भाषा आयोगले लुम्बिनी प्रदेशमा सरकारी कामकाजको भाषाको लागि मगर भाषालाई  सिफारिस नगरेता पनि प्रदेश सरकारले आवश्यक ठानेमा  बाहुल्यताको आधारमा मगर भाषालाई  सरकारी कामकाजी भाषा बनाउन सकिने उहाँले बताउनु भयो  ।

उहाँले भन्नुभयो -" मैले मुख्यमन्त्री ज्यु संग कुरा गरिसकेको छु , लुम्बिनीमा अबधि थारु र मगर भाषालाई सरकारी कामकाजी भाषा बनाइने छ । " सभामुख घर्ती मगरले  महासंघका अगुवाहरुलाई मगर समुदायको बौद्धिक र आर्थिक बिकासमा जोडी योजना बनाउन समेत सुझाव दिनु भयो ।    सेमिनारमा विभिन्न देशमा कृयासिल मगर संघका अगुवाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै