मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

शान्ति नमूना माविको बस ट्याक्टरसँग ठोक्किँदा २२ विद्यार्थी घाइते

Ujyalosandeshonline 11540+ समाचार ( )
२१ माघ २०८२, मङ्गलबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा विद्यार्थी सवार बस दुर्घटना हुँदा २२ जना भन्दा बढी घाइते भएका छन् । शान्ति नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरू लिएर परासीतर्फबाट आउँदै गरेको लु १ ख ८६७५ नम्बरको बस आज बिहान करिब साढे ६ बजेतिर दुर्घटनामा परेको हो । बसन्तपुरस्थित टोल गेट नजिकै ट्याक्टरसँग ठोक्किएर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका विद्यार्थीहरूको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ११ जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) र बाँकी ११ जनाको भीम अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको टाउकोमा चोट लागेको छ भने अन्य सबैको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाले जानकारी दिएका छन् । बिहानको समयमा विद्यार्थी लिएर फर्किने क्रममा बस दुर्घटनामा परेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको र प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार