मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मुख्यमन्त्री सिँहद्वारा सिरहाको मिर्चेयामा १४ निजी अस्पताल अनुगमन, १३ अस्पताल बन्द गर्न निर्देशन

Ujyalosandeshonline 12431+ समाचार ( )
१६ चैत्र २०८१, आइतबार

जनकपुर । मुख्यमन्त्री सिँहको अनुगमन, बिरामी छाडेर अस्पतालका सञ्चालक, चिकित्सक र कर्मचारी फरार मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिँह सहितको टोलीले मिर्चेयामा १४ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको अनुगमन गरेका छन् । ती मध्ये सेवा सञ्चालन अनुमति न लिई सञ्चालनमा रहेका १३ अस्पताल तथा पोलिक्लिनिकलाई बन्द गर्न मुख्यमन्त्री सिँहले निर्देशन दिएका छन् ।

बन्द गर्न निर्देशन दिइएका अस्पतालमा समितमाउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर(पोलिक्लिनक), सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, राम ओरल एण्ड डेन्टलक्लिनक, रेखा नर्सिङ होम, मिथिला चश्मा घर आँखा उपचार केन्द्र, बाल कल्याण हेल्थ केयर प्रालि, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रालि र लाइफ लाइन क्लिनिक छन् ।    

मिर्चेया नगरपालिकाबाट १५ बेडको सेवा सञ्चालनअनुमतिलिएको मनकामनामिडइस्टर्न अस्पतालमामापदण्ड पुरा नगरी २५ शय्याभन्दाबढीको अस्पतालमाउपलब्धहुने सेवा सञ्चालनभइरहेकाले १५ दिनभित्रअनुगमन गराई मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशनदिइएको छ ।

प्रदेशको स्वास्थ्य तथा जनसँख्यामन्त्रालयको अस्पतालअनुगमन समितिका सदस्यसचिव र जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले १५ शय्याको सो अस्पतालले आवश्यक आधारभूत स्वास्थ्य सेवानदिई एनेस्थेसियाका चिकित्सक नराखी मेजर शल्यक्रिया गर्नेगरेको र भेन्टिलेटरसमेत नभएको पाइएको बताए । सो अस्पताललाई प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको टोलीबाट १५ दिन भित्र अनुगमन गराई अनुमति अनुसारको सेवा सञ्चालन गर्न निर्देशन दिइएको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए ।

अनुगमन टोली पुगेका बेला सिद्धकामना हस्पिटल प्रालिका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले अस्पतालमा उपचार गराइरहेका आठ बिरामी र कुरुवालाई भित्र नै छाडेर बाहिरबाट सटर डाउन गरी फरार भएका थिए । जनस्वास्थ्य अधिकृत ठाकुरले सो अस्पताल बन्द गर्न निर्देशन दिइसकेको जानकारी दिए ।

जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार मुख्यमन्त्री सिँहले अहिलेसम्म १ सय ५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । तीमध्ये १७वटा मापदण्ड अनुसारका पाइएका छन् भने मापदण्ड पुरा नगरेका १ सय आठवटा अस्पताल बन्द गराइएकाछन् । नवीकरण नगराएका २५ अस्पताललाई नवीकरण गराउन भनिएको छ । बन्दमध्ये मापदण्ड पुरा गरेका पाँच अस्पताललाई प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको टोलीले अनुगमन गरी सञ्चालन गर्न अनुमति दिएको छ ।

मुख्यमन्त्री सिँह सहितको अनुगमन टोली मिर्चेया बजार प्रवेश गरेसंगै स्वास्थ्य सेवा सञ्चालन अनुमतिन लिई सञ्चालनमा रहेका मिर्चेयाका आठ अस्पताल तथा पोलिक्लिनिक बन्द गरी सञ्चालक, व्यवस्थापन तथा उपचारमा संलग्न कर्मचारीहरु फरार भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार