मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि: पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुग्यो, ग्यासको मूल्य २ हजार नाघ्यो

Ujyalosandeshonline 12437+ समाचार ( )
२७ चैत्र २०८२, शुक्रबार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य बढाउने निर्णय गरेको हो ।

निगम सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार अब पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २५–२५ रुपैयाँका दरले मूल्य बढेको छ । यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले वृद्धि गरिएको छ भने हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ ।

नयाँ मूल्यसूची कायम भएसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ । त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २०७ रुपैयाँ कायम भएको छ भने उपभोक्ताले अब खाना पकाउने एलपी ग्यासका लागि प्रतिसिलिन्डर २ हजार १० रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । हवाई इन्धन (आन्तरिक) तर्फको मूल्य प्रतिलिटर २५७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

सरकारले उपभोक्तालाई राहत दिन भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिए पनि निगमको घाटा न्यूनीकरण हुन नसकेपछि मूल्य बढाउन बाध्य भएको दाबी गरिएको छ । निगमका अनुसार यो मूल्यवृद्धि पछि पनि संस्थालाई पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा रहने देखिएको छ । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएकाले नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको निगमको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार