मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

रामग्राम स्तूप परिसरमै मदिराको व्यापार,सरोकार निकाय मौन

Ujyalosandeshonline 12676+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

परासी । भगवान् गौतम बुद्धको अस्थिधातु रहेको स्थल रामग्राम स्तूप परिसरमा अवैध रुपमा मदिराको व्यापार भईरहेको भन्दै नागरिक समाजले आपत्ति जनाएको छ । शान्तिक्षेत्रलाई भंग हुने गरि स्तूप परिसरमै मदिराको व्यापार हुँदा अन्र्तराष्ट्रिय स्तरमै नकारात्मक सन्देश जाने नागरिक समाजको दाबी छ । 

रामग्राम नगरपालिका वडा नं.७ स्थित रामग्राम स्तूपको परिसर पूर्वतर्फ शौचालय नजिकै अनाधिकृत रुपमा टहरा निर्माण गरि मदिरा लगायतको व्यापार भईरहेको भन्दै नागरिक समाज नवलपरासीले तत्काल हटाउन माग गरेको हो । स्तूप क्षेत्रमा स्थानीय सरकारलाई समेत कुनै संरचना बनाउन नदिने पुरातत्व विभाग र लुम्बिनी विकास कोषले स्तूप परिसरमै टहरा बनाएर मदिराको कारोबार गर्दा पनि मुकदर्शक बनेको नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवारले बताउनुभयो । 

स्तूपकै परिसरमा टहरासहितका संरचना बन्दा पनि रामग्राम नगरपालिका र लुम्बिनी विकास कोषले वेवास्ता गर्नुले शंका पैदा भएको उहाँको भनाई थियो । विश्वका बौद्ध धर्मावलम्बीहरुको तीर्थ स्थलको रुपमा रहेको रामग्राम स्तूप परिसरमा भईरहेको मदिरा विक्रीवितरण कार्यलाई तत्काल रोक्न समेत नागरिक समाजले माग गरेको छ । 

रामग्राम ७ देउरवाका एक स्थानीयले स्तूप नजिकै दुई वटा टहरा बनाएर मदिरासहितको व्यापार गरिरहेका छन् । यही भदौ महिनाको रक्षाबन्धनबाट व्यापार शुरु गरेका उनले चटपट,चाउमिन,वियर र घरपाला रक्सी बिक्री गर्दै आएको बताए । टहरा बनाएको जग्गा आफ्नो नम्बरी जग्गा भएको र लालपूर्जा पनि रहेको उनको दाबी थियो । 

यता लुम्बिनी विकास कोषले भने स्तूप क्षेत्रमा कुनै संरचना बनाउन र मदिराको व्यापार गर्न नपाईने भन्दै तत्काल हटाउने बताएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले तत्कालै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखि अवैध संरचना हटाउन र मदिराको व्यापार रोक्न लगाउने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार