मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

श्रम मन्त्रालयको बजेट कार्यन्वयनमा सुधार गर्न समितिको निर्देशन

Ujyalosandeshonline 12673+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले मन्त्रालयलाई दिने निर्देशनहरुका बारेमा समितिमा प्रस्ताव गरेका छन् । 

विहीबार समितिमा भएको छलफलमा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित बजेट खर्चको अवस्था निराशाजनक रहेको भन्दै तत्काल समाधान गरि बजेट कार्यन्वयनमा सुधार गर्न मन्त्रालयलाई निर्देशन दिने प्रस्ताव गरे ।  

उनले भने, ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आर्थिक बर्षमा विनियोजित बजेट खर्चको अवस्था निराशाजनक रहेको हुनाले यसतर्फ समितिको गम्भीर ध्यानकर्षण भएको छ । मन्त्रालयले बजेट कार्यन्वयनमा रहेका व्यवस्थापनहरुको तत्काल समाधान गरि बजेट कार्यन्वयनमा सुधार गर्न नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने भनेका छन् ।’

यस्तै, उनले वैदेशिक रोजगारको अवस्था सुधार गर्नको लागि आवश्यक निर्देशन दिने प्रस्ताव पनि गरेका छन् । वैदेशिक रोजगारीमा नेपाली दक्ष जनशक्ति बढाउन, नेपाली युवाहरुको सिप विकासका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरि दक्ष जनशक्तिहरु वैदेशिक रोजगारीमा जान सक्ने गरि विशेष पहल गर्न पनि निर्देशन दिए ।

राष्ट्रिय व्यवसायिक प्रशिक्षक प्रतिष्ठानको संस्थागत क्षमता वृद्धि गरि उक्त संस्थाबाट सञ्चालन हुने कार्यक्रमलाई विश्व बजारको माग र आवश्यकता अनुसार बनाउन नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको मन्त्री खानले जानकारी दिए ।  

समितिले नेपालमा सञ्चालित वैदेशिक रोजगार सेवा प्रदायक संस्थाहरुको नियमित अनुगमन गरि वैदेशिक रोजगारी र क्षेत्रमा रहेका सबै प्रकारका ठगीलाई कम गर्न मन्त्रालयलाई निर्देशन दिएको छ । 

नेपालको उर्जाशिल जनशक्तिको ठूलो हिस्सा वैदेशिक रोजगारीमा रहेको हुदाँ जनशक्तिको ठूलो हिस्सा मुलुक बाहिर रहदा आवधिक निर्वाचनमा मताधिकारबाट वञ्चित हुने भएको हुनाले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत मताधिकार प्रयोग गर्न पाउने अवस्थाको लागि आवश्यक पहल गर्न पनि निर्देशन दिइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार